२१ मंसिर, काठमाडौं । टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालयमा अध्ययनरत एक छात्राले भट्टराईले आफूलाई ७ भदौमा कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकी छन् । जाहेरी प्राप्त भएपछि अनुसन्धान थालिएको महाराजगञ्जका प्रहरी नायब उपरीक्षक (डीएसपी) अंगुर जिसी […]