काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए। पुँजीबजार धराशायी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजीबजारको पुनोरुत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। […]