कोरोना महामारीपछि 'मास्क फ्री' हुँदै हङकङ, भोलिदेखि सार्वजनिक स्थलमा मास्क अनिवार्य नहुने

काठमाडौं । हङकङ अन्ततः 'मास्क फ्री' हुँदैछ । ९४५ दिनमा पहिलो पटक हङकङले सार्वजनिक स्थलहरूमा अनिवार्य मास्कको लगाउनु पर्ने नियम बुधवार (भोलि)बाट हट्दैछ । कोरोना भाइरसको महामारी शुरु भएयता मास्क अनिवार्य बनाइएको थियो । यति लामो समयसम्म कोभिडका कारण मास्क अनिवार्य बनाउने हङकङ एक मात्रै देश थियो ।  बुधवारदेखि घरभित्र बाहिर निस्कँदा मास्क अनिवार्यरूपमा लगाउनु नपर्ने हङकङका नेता जोन लिले मंगलवार पत्रकारहरूसमक्ष बताएका छन् । ‘भोलिदेखि हामीहरू पूर्णरूपमा सामान्य स्वरूपमा फर्किनेछौं,’ लिले भनेका छन् । यो वर्ष र आगामी वर्ष आफूहरूले अर्थतन्त्र र विकासमा ध्यान दिने पनि उनले बताएका छन् । वित्तीय केन्द्रलाई पुनःजीवित गर्न सरकारले पयर्टक र सीमापारबाट कामदारहरू आकर्षित गर्न खोजिरहेकै समयमा यो कदम चालिएको हो । सन् २०१९ मा हिंस्रक प्रदर्शन भएयता हङकङले शहर बन्द गरेको थियो । सांगीतिक कार्यक्रम र अन्य खेल प्रतियोगिताहरू पनि ठप्पै भएका थिए । यो वर्षको शुरुमै भने हङकङले कोभिडसम्बद्ध अन्य प्रतिबन्धहरू हटाएको थियो । मास्क अनिवार्य लगाउनु पर्ने नियमका कारण मानिसहरू हङकङ जान मन पराउँदैनथे । सन् २०२० जुलाई २९ देखि शहरले आउटडोरसमेत सबै सार्वजनिक स्थलहरूमा मास्क अनिवार्य बनाएको थियो । यो नियम तोड्नेलाई १० हजार हङकङ डलरसम्म जरिवाना तिराइएको थियो । यो खबरसँगै हङकङमा पयर्टन क्षेत्रका कम्पनीहरूको शेयर बढेको छ ।  यो कदम आगन्तुकहरूलाई आकर्षित गर्न लक्षित छ । हेलो हङकङ अभियानअन्तर्गत शहरले बुधवारदेखि ५ लाखभन्दा धेरै हवाई टिकट निःशुल्क बाँड्दैछ ।  पछिल्लो समय पयर्टक आगमन निकै न्यून छ । जनवरीमा विमानस्थलमा यात्रीको संख्या चार वर्ष अघिको भन्दा एक तिहाई मात्रै थियो । सिंगापुरमा यो अनुपात ७७ प्रतिशत छ । कम्तिमा अहिलेका लागि पयर्टकहरूले सडकमा मास्क लगाउनै पर्ने वा नलगाएमा जरिवानामा परिने चिन्ता गर्नु पर्दैन । विगत तीन वर्षमा कोभिडको नियन्त्रणका लागि चालिएका कदमहरूले हङकङको अर्थतन्त्र चौपट पारेको छ । वित्तीय हब र पर्यटकीय गन्तव्यको रूपमा शहरको प्रतिष्ठा पनि ध्वस्त भएको छ । सन् २०२२ मा त्यहाँको अर्थतन्त्र साढे ३ प्रतिशतले खुम्चिएको थियो । यो चार वर्षभित्रको तेस्रो संकुचन थियो । स्थानीय बासिन्दाहरू विश्वका अन्य शहरमा भाग्ने क्रम जारी रहँदा २०२२ सम्ममा शहरको खूद जनसंख्या घटेको थियो । एजेन्सी

सम्बन्धित सामग्री

भारतमा मास्क अनिवार्य

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ । दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो । केन्द्र सरकार […]

श्रीलङ्कामा मास्क अनिवार्य गर्न सिफारिस

कोलम्बो । श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् । भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ । स्वास्थ्य सेवा […]

अब मास्क अनिवार्य लगाउनु पर्ने

काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न […]

अमेरिकामा विमान र ट्रेनहरुमा अब मास्क अनिवार्य नहुने

अमेरिकामा अब विमान र ट्रेनहरुमा मास्क अनिवार्य नहुने भएको छ । फ्लोरिडाको संघीय अदालतका न्यायाधिसको आदेशपछि बाइडेन प्रशासनले सार्वजनिक यातायातमा मास्क अनिवार्य नगर्ने भएको हो । कोरोना महामारीको फैलावट रोक्नका लागि ह्वाइट हाउसले १४ महिना अगाडि ल्याएको मास्क अनिवार्यको नियम अदालतले गैरकानूनी ठहर गरेको हो । अदालतको आदेश लगत्तै अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत राष्ट्रिय […]

काेराेनाकाे नयाँ भेरियन्ट भेटिएपछि बेलायतमा मास्क अनिवार्य

काठमाण्डाै – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्राेन भेटिएपछि बेलायत सरकारले मास्क अनिवार्य गरेको छ । स्वास्थ्यमन्त्री साजिद जाभेदले नयाँ भेरियन्टको खतरा बढेकाले आउँदाे मङ्गलवार देखि लागू हुने गरी पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको बताउनुभएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यसअघि नै विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्ने घोषणा गरिसक्नुभएको छ । बेलायतले विभिन्न १० देशबाट आउने यात्रुलाई १० दिनको क्वरेण्टीन अनिवार्य गरेको छ । यस्तै अस्ट्रेलियामा पनि को...

आफूखुशी मास्क उत्पादन, छैन नियामक निकाय

काठमाडौं : करिब दुई वर्षदेखि नेपालसहित विश्वका विभिन्न मुलुकले कोरोना भाइरस (कोभिड १९) महामारी खेपिरहेका छन्। नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब दुई वर्षदेखि मास्क अनिवार्य गरेको छ। आजभोलि मास्क नलगाई सडकमा यात्रा गर्ने मानिस विरलै देखिन्छ। सार्वजनिक सवारी चढ्नेदेखि सडकमा हिँड्नेका लागि मास्क अनिवार्य गरेको छ। मास्क अनिवार्य गरिएको मुलुकको बजारमा पाइने मास्कको अवस्था कस्तो छ? नेपालीले कोरोनाबाट बच्नका लागि अर्थात् कोरोनाबाट बच्न प्रयोग गर्दै आएको मास्कले कोरोना

वीरगञ्ज महानगरमा सेवा लिन मास्क अनिवार्य

१६ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्थाबाट सेवा लिन अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । पूर्ण मास्क प्रयोगको सुनिश्चितता शुभारम्भ कार्यक्रममा नगर प्रमुख विजय सरावगीले त्यस्तो घोषणा गरेका हुन् । नजिकिदै गरेको दशैं, तिहार र छठ पर्वमा सर्वसाधारणको चलहपहल बढ्दा कोरोना संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राखेर मास्क प्रयोग अनिवार्य […]

कोरोना खोप लगाएकाहरुमा पनि मास्क अनिवार्य गर्न विचार गरिरहेका छौं : डा. फाउची

११ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना भाइरसको संक्रमण बढिरहेको बेला अमेरिका गलअनत दिशामा हिंडिरहेको टिप्पणी गरेका छन् । स्थिति नियन्त्रणमा लिन खोप लगाएका अमेरिकीहरूमा पनि मास्क अनिवार्य गर्नेबारे विचार गरिरहेको पनि उनले बताएका छन् । आइतबार सीएनएनसँग कुरा गर्दै फाउचीले सो कुरा बताएका हुन् । फाउचीका […]

भारतबाट आएकामा नयाँ प्रजातिको कोरोना देखिएपछि कैलालीमा गरियो मास्क अनिवार्य

कोरोना भाइरस संक्रमण वृद्धि र भारतबाट आएकामा नयाँ प्रजाति (भेरियन्ट) को संक्रमण देखिएसँगै कैलालीमा मास्क लगाउन अनिवार्य गरिएको छ