‘एज इज जस्ट नम्बर। खेलाडीले जबसम्म खेल्न सक्छ, खेल्छ। त्यहाँ नयाँ र पुरानोको कुरा आउँदैन।’ नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी गोलरक्षक तथा कप्तानसमेत रहेका किरणकुमार चेम्जोङको विकल्पमा अरु खेलाडीलाई मौका दिइन सक्ने प्रश्नबारे नेपाल-भारत मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको पूर्वसन्ध्यामा बुधबार आयोजित प्रि म्याच कन्फ्रेन्समा भन्दै थिए। उनको आशय थियो, किरणले त्यतिबेलासम्म खेल्छन् जतिबेलासम्म […]