एकीकृत समाजवादीमा जान चाहेका सांसदको रिटमा अन्तरिम आदेशबारे सुनुवाइ हुँदै
सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सुनुवाइका लागि सर्वोच्चले न्यायाधीस ईश्वरप्रसाद खतिवडा र नहकुल...
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदको रिटमा अन्तरिम आदेशबारे छलफलका लागि सुनुवाइ तोकेको छ। सुनुवाइका लागि सर्वोच्चले न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलास तोकेको हो। उनीहरुको मुद्दा संयुक्त इजलासको एक नम्बरमा रहेको छ। निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा […]
काठमाडौं । नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ । आज रिट सुनुवाइका लागि न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ । प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले एकीकृत समाजवादीमा जने भन्दै हिजो सर्वोच्चमा […]
एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका माधवकुमार नेपाललाई संघीय संसद्को तुलनामा प्रदेशमा बढी सांसदले साथ दिएका छन् । संघीय संसद्मा २० प्रतिशत पनि पु¥याउन नसकेका पूर्वप्रधानमन्त्री नेपालले प्रदेशमा भने साढे २३ प्रतिशत सांसदको साथ पाएका छन् । सुदूरपश्चिम प्रदेशमा त उनी नेतृत्वको एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ ।
एमालेले सातवटै प्रदेशमा गरेर २ सय ३२ प्रदेश सभा सदस्यमा जित हासिल गरेको थियो । जसमध्ये ५४ जना एमाले छाडेर एकीकृत समाजवादीमा आएका छन् ।
एमाले सचिव एवं पूर्वमुख्...
काठमाडौं, भदौ २३ । प्रमुख प्रतिपक्षी एमालेका दुई जना प्रतिनिधिसभा सदस्यहरूले एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी मा जान पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । एमाले सांसदहरू सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । सांसद पाण्डेले आफूहरूले निर्वाचन आयोगमा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्न नपाएकाले एमालेमै रहनु […]
मकवानपुर । बागमती प्रदेशसभाबाट नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १३ पुगेको छ । शुक्रबार प्रदेश सभा सदस्य मीना नेपाल ज्ञवालीले एकीकृत समाजवादीमा सनाखत गरेसँगै बागमतीमा उक्त दल रोज्ने सांसदको संख्या १३ पुगेको हो । प्रदेश निर्वाचन कार्यालय बागमती हेटौंडा पगेर ज्ञवालीले शुक्रबार समाजवादीमा सनाखत गरेकी हुन् । सांसदहरूको एमाले त्यागेर एकीकृत समाजवादीमा […]
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले भदौ महिना काट्न नसक्ने बताएका छन् । विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले यही महिनाभित्र गठबन्धनको सरकार बन्ने बताए । ‘प्रदेश १ का १० सांसद एकीकृत समाजवादीमा संगठित भएका छौं,’ उनले भने, ‘प्रदेश सांसदको संख्या १५ पुर्याउँछौं ।’
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्रकुमार राईले नवनियुक्त मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकारले भदौ महिना काट्न नसक्ने बताएका छन् । विराटनगरमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै राईले यही महिनाभित्र गठबन्धनको सरकार बन्ने बताए । ‘प्रदेश १ का १० सांसद एकीकृत समाजवादीमा संगठित भएका छौं,’ उनले भने, ‘प्रदेश सांसदको संख्या १५ पुर्याउँछौं ।’
निर्वाचन आयोगले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई दलको मान्यता दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का ५५ केन्द्रीय सदस्य र ३० सङ्घीय सांसद दल विभाजनको पक्षमा उभिएपछि माधवकुमार नेपालको अध्यक्षतामा नेकपा(एकीकृत समाजवादी) गठन भएको हो । जनता समाजवादी पार्टी(जसपा) नेपालका १६ केन्द्रीय कार्यकारिणी सदस्य र १४ जना सांसदले सनाखत गरेपछि महन्थ ठाकुरको अध्यक्षतामा लोसपा नेपाल दर्ता भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट भदौ २ गते बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गर्न राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएको थियो । यो अध्यादेशले दल विभाजनको प्रावधानलाई खुकुलो बनाउँदै केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यबाट नयाँ दल दर्ता गर्न पाउने सुविधा दियो । सोपछि एमालेबाट माधवकुमार नेपाल र जसपाबाट महन्थ ठाकुर समूहले छुट्टाछुट्टै दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो । एमालेको केन्द्रीय कमिटीका २७ प्रतिशत सदस्य पार्टी विभाजनको पक्षमा उभिनुभयो । जसपाका ४१ प्रतिशत सांसद लिएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको हो । दुईवटा दल विभाजनपछि अब प्रतिनिधि सभामा बहुमतीय शक्ति सन्तुलनमा आमूल परिवर्तन आएको छ ।
२०७४ को निर्वाचनपछि प्रतिनिधि सभामा एमालेका १२१ सदस्य थिए । दल विभाजनपछि एमालेमा ९८ र एकीकृत समाजवादीमा २३ जना विभाजित भए । अझै पनि एमालेका सांसदको सङ्ख्या धेरै छ । तर यो विभाजनले समानुपातिक मतको हिसाबमा