नेपालसँगको विकास साझेदारीमा अमेरिकाले निरन्तर सहयोग गर्ने बताएको छ । नेपालको विकासको दोस्रो पुरानो बाह्य साझेदार अमेरिकाले विद्यमान द्विपक्षीय सम्बन्धप्रति सन्तुष्टि जनाउँदै सहयोगको तत्परता देखाएको हो । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पूरा भएका सन्दर्भमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनले सामाजिक सञ्जालमा शुक्रबार लेखेका छन्, “नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको छ । नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नताम