काठमाडौं : ११ औँ नेफ्टा फिल्म अवार्ड अमेरिकाको टेक्सासमा हुने भएको छ। नेपाल चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गरी आगामी वर्ष जेठ १३ (२७ मे, २०२३) मा अवार्ड आयोजना हुन लागेको जानकारी दिएको हो।नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउने, अवार्डलाई दुई देशबीचको पुलका रूपमा स्थापना गर्ने, डायस्पोरामा नेपाली चलचित्र संस्कृति र बजारको खोजी गर्ने एवं नेपाललाई अमेरिकी चलचित्र छायाङ्कन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको विज्ञप्तिमा उल्लेख