पोखरा । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो ।नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् । केही दिनअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरक