बहुमतकाे सरकारसँग निहुँ खाेज्दैनाैँ, नेतृत्व गर्ने अवस्था आए पछि हट्दैनाैँ - सभापति देउवा

काठमाण्डाै – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको छ । आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताउनुभएको हो । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताउनुभयो ।नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ&n...

सम्बन्धित सामग्री

स्वस्थ्य अवस्था बुझ्न तीर्थराम डंगोलको निवासमा पुगे देउवा

काठमाडौं, ७ साउन । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तीर्थराम डंगोलको स्वास्थ्य अवस्था बुझेका छन् । सभापति देउवा डंगोलको स्वास्थ्य अबस्थाको स्थिति जानकारी लिन आज साँझ उनको निवासमा पुगेको नेता भीमसेनदास प्रधानले जानकारी दिए । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक जारी छ । सभापति देउवा पार्टी कार्यालयबाट सिधै डंगोलको निवासमा पुगेको बताईएको छ।

गठबन्धनको संस्कारलाई आत्मासात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा

काठमाडौं, ६ चैत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा गठबन्धनको संस्कारलाई आत्मासात गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन्। कुनै एक दलको प्रतिनिधिसभामा बहुमत पुग्ने अवस्था नभएकाले गठबन्धनलाई आत्मसात गर्दै अघि बढनु परेको उनले जनाए। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजनीतिक गठबन्धनहरु आत्म केन्द्रित, स्वार्थ प्रेरित र क्षणिक लाभका लागि नभई मुलुकको स्थिरता,विकास र शान्तिका लागि केन्द्रित हुनुपर्ने स्पष्ट पारे।

महाधिवेशनको एक वर्ष : फेरियो अवस्था, सुध्रिएन कांग्रेस

काठमाडौं, मंसिर २४ । मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्‍यायो । १३औं महाधिवेशनसम्म पदाधिकारीमा ६० वर्ष नाघेका नेताको बोलबाला थियो । तर १४औं महाधिवेशनबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री फरमुल्ला मन्सुरबाहेक ६० वर्षमुनिका […]

महाधिवेशनको एक वर्ष: फेरियो अवस्था, सुध्रिएन कांग्रेस

काठमाडौं । मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ । पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्‍यायो । १३औं महाधिवेशनसम्म पदाधिकारीमा ६० वर्ष नाघेका नेताको बोलबाला थियो । तर १४औं महाधिवेशनबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री फरमुल्ला मन्सुरबाहेक ६० वर्षमुनिका नेता पनि […]

गठबन्धन राष्ट्रिय आवश्यकता हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहत् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई बलियो बनाएर लैजानुपर्छ भन्नुभयो । गठबन्धन कांग्रेसका लागि सबैभन्दा बढी आवश्यक भएको जनाउँदै उहाँले भन्नुभयो, “गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज कांग्रेसको नेतृत्वमा सरकार छ सबै …

महाधिवेशनबारे रणनीति बनाउन सभापति देउवा छलफलमा

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भदौ २३ भित्रै महाधिवेशन गर्नुपर्ने माग राखेको बेला सभापति शेरबहादुर देउवाले आफ्नो समूहको रणनीति बनाउन छलफल थालेका छन्। बूढानीलकण्ठमा सुरू भएको छलफलमा देउवानिकट पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन्।देउवाले भदौ १६ मा महाधिवेशन उद्घाटन हुने अवस्था नरहेकाले १४ औं महाधिवेशन सार्नेबारे सुझाव दिन आग्रह गरेका छन्। आजै कांग्रेस शीर्ष नेताहरूको बैठक पनि बस्दैछ।

नवीन्द्रराज जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे कांग्रेस सभापति देउवा

उनी अझै कोमामा रहेको अस्पतालले जनाएको छ।जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेका बताइएका छ।

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा : RajdhaniDaily.com -

सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भागिन्नः सभापति देउवा: RajdhaniDaily.com | चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।चितवन बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै -