काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भन्ने वित्तिकै राष्ट्रपतिले मान्नुपर्ने अवस्था नभएको बताएका छन्। नेपाल प्रेस युनियनको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले भने- संसद विघटन संविधानको ठाडो उल्लंघन हो। "संसद विघटनविरुद्ध आफूहरु अदालत गएकाले अदालतले संविधानअनुसार निर्णय दिने विश्वास छ र संविधानमाथिको हस्तक्षेप परास्त गर्दै अघि बढ्ने छौ," देउवाले भने।