झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाए दुई वर्षपछि दुई तिहाइ बहुमतसहित सिंहदरबार फर्कने उद्घोष गर्नुभएको छ । मङ्गलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उहाँले प्रधानमन्त्रीबाट कसैले हटाइहाले पनि अर्को चुनावमा दुई तिहाइ मत ल्याउने दाबी गर्नुभएको हो । तर उहाँले आफूलाई हटाउन सजिलो नभएको भन्दै हटाएर देखाउन चुनौती पनि दिनुभयो । आफूले कुनै पदका लागि मुद्दा नलडेको भन्दै प्रचण्ड–माधव समूहलाई व्यङ्ग्य पनि गर्नुभयो । आफू राजनीति गर्ने व्यक्ति भएकाले न्याय माग्न नागरिकमाझ जाने ...