सुन्दर हरिजन घटनाबारे मानवअधिकारकर्मीद्वारा अनुगमन

गत जेठ ४ गते रोल्पा कारागारभित्र शंकास्पद अवस्थामा मृत भेटिएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलका सुन्दर हरिजनको मृत्युबारे अधिकारकर्मीले अनुगमन गरेका छन् । अधिकारकर्मी, स्वतन्त्र कानुन व्यवसायी र पत्रकारको टोलीले रोल्पा कारागार, प्रशासन, प्रहरी र घटनासँग सम्बन्धित पक्षसँग बिहीबार भेट गरेका हुन् ।

सम्बन्धित सामग्री

सुन्दर हरिजन मृत्यु प्रकरण : कारागार प्रशासन र नियमनकारी निकायमाथि प्रश्न

बाँके – अर्कै व्यक्तिकाे सट्टामा रोल्पा कारागारमा सजाय भोगिरहेको अवस्थामा ज्यान गुमाएका नेपालगञ्ज २ का सुन्दर हरिजनको मृत्युको सम्बन्धमा अधिकारकर्मीहरूको संयुक्त टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । आज मङ्गलवार नेपालगञ्जमा प्रतिवेदन सार्वजनिक गर्दै टोलीले घटना अत्यन्त गम्भीर रहेको भन्दै कारागार प्रशासन र नियमनकारी निकायमाथि प्रश्न चिह्न खडा गरेकाे छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय, उच्च अदालत बार नेपालगञ्ज, एडभोकेसी फोरम लगायतका सङ्घ संस्थाहरूले घटनाको स्थलगत अनुगमन गरी प्र...

रोल्पा कारागारमा मृत्यु भएको घटनाबारे मानव अधिकार आयोगबाट अनुसन्धान सुरू

काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका २ बाँकेका सुन्दर हरिजन मृत्यु भएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ । रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा जेठ ४ गते मृत्यु भएको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाउँदै आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि अनुसन्धान सुरु गरेको जनाएको हो । उक्त […]