काठमाडौं : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टिम त्रिभुवन आर्मी क्लबले अग्रता कायम राखेको छ। नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन हिजोसम्म आर्मीले ८८ स्वर्ण पदक जित्दै पदक तालिकामा अग्रता कायम राखेको हो। आर्मीले ५८ रजत र ३९ कास्यसहित कुल १८५ पदक हात पारेको छ। दोस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य पदक सहित १०८ पदक जितेको छ। अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक सहित कुल १२० पदक हात