जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठकपछि मात्र मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्नेछ । मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०–२१ गते मात्र संसदीय दलको नेता चयन हुने बताइएको हो । आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ । प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् । उनीहरू ब