नेकपा एकीकृत (समाजवादी पार्टी)का अध्यक्ष माधव नेपालले बाध्य भएर एमाले अध्यक्ष केपी ओलीसँग विद्रोह गर्नुपरेको बताएका छन् । साथै, उनले केपी ओली एमालेको नवौँ महाधिवेशनपछि पार्टीको सिद्धान्त र विचार छाडेर दक्षिणपन्थी भासमा भासिन पुगेपछि कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरताका लागि नयाँ पार्टी बनाएको बताए ।काठमाडौँमा मंगलबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी कम्युनिस्ट क्रान्तिकारी धारको निरन्तरता भएको बताए । उनले विद्रोह ग