प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । उनले यसका लागि विपद् जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रुपमा दिगो र परिणाममुखी बनाउन सरकारका तर्फबाट योजनाबद्ध प्रयत्न गरिने बताए ।
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजित २३ औँ राष्ट्रिय भूक...