खोपको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण

चिकित्सकहरूले १४ वर्षभन्दा माथिका सबैै नागरिकलाई तत्काल कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।नागरिक समाजका अगुवा एवम् वरिष्ठ चिकित्सक डाक्टर सुन्दरमणि दीक्षित, चिकित्सक वासुदेव पाण्डे, चिकित्सक सागर भण्डारीले कोरोना महामारीले भयावह अवस्था निम्त्याउन सक्ने खतरा रहेकाले तत्काल सबै नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा […]