सुत्केरी, गर्भवती र एकल महिलालाई सामग्री वितरण

कुशे गाउँपालिकाले सुत्केरी, गर्भवती, एकल महिलासँग उपाध्यक्ष कार्यक्रम सुरु गरेको छ । सो अवसरमा चालु आर्थिक वर्ष २०७९–८० वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ वटै वडाका सुत्केरी, गर्भवती, एकल महिलालाई आवश्यक सामग्री वितरण गरिएको छ ।

सम्बन्धित सामग्री

विपद् प्रभावितलाई लत्ताकपडा वितरण

सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ।

विपद् प्रभावितलाई लत्ताकपडा वितरण

यहाँको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित सुत्केरी, गर्भवती, शारीरिक अपाङ्गता भएका तथा एकल महिलालाई राहतस्वरूप सरसफाइका लागि आवश्यक सामग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीले सोमबारदेखि उक्त राहत सामग्री वितरण सुरु गरेको हो ।

जाजरकाेटका भूकम्पपीडित महिलाका लागि डा. राणा देउवाबाट राहत सामग्री हस्तान्तरण

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले जाजरकोटका भूकम्प पीडित सुत्केरी, गर्भवती र सीमान्तकृत महिलाका लागि राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।

भूकम्प प्रभावित गर्भवती र सुत्केरीलाई पौष्टिक आहार सहयोग

जाजरकोटका भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई एक हजार थान राहत सामग्री त्यसतर्फ पठाइएको छ ।  कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणाले...

गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण

दोलखा–  दोलखाको वैतेश्वर गाउँपालिकाले वडा नम्बर-१ गैरिमुदिका गर्भवती तथा सुत्केरी अवस्थामा रहेका स्थानीय महिलालाई पोषण सामग्री वितरण गरेको छ । पालिकाले हजार दिने आमा तथा गर्भ अवस्थामा रहेका महिलालाई पोषण सामग्री अन्तर्गत पर्ने हर्लिक्स,चना, दुई क्रेटका दरले अन्डा, गेडागुडी, साबुनलगायतका सामग्री वितरण गरेको हो । पालिकाको चालु वर्षकाे महिला तथा बालबालिका लक्षित कार्यक्रम अनुसार वडा […]

सुनौलो हजार दिनका आमालाई पोषण झोला

सल्यान : सल्यानको दार्मा गाउँपालिकाले पालिकाभित्र रहेका सुनौलो हजार दिनका गर्भवती र सुत्केरी आमालाई पोषिलो खाद्य परिकार सहितको पोषण झोला प्रदान गरेको छ। आमा र बच्चाको चौतर्फी वृद्धि विकासमा पोषिलो खानेकुराको निकै महत्त्व रहने भन्दै पोषणमैत्री पालिका बनाउन पोषण झोला उपचार दिइएको हो।कार्ययोजना बनाएर पोषणमैत्री पालिका बनाउन विभिन्न सूचक पूरा गर्न र कुपोषण हटाउन पोषण झोला वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पोषण झोलामा सर्वोत्तम पिठो, दाल, नुन, साबुन, नङकट, अण्डा लगायतका सामग्री रहेका छन्। यस्तै ६ म

संस्थागत सुत्केरी अभियानमा शिवनाथ गाउँपालिका

नेपाल सरकारको संस्थागत सुत्केरी बढाउने नीतिअनुरूप शिवनाथ गाउँपालिकाले ‘सुत्करीलाई उपाध्यक्षको कोशेली’ कार्यक्रमलाई निरन्तरता दिएको छ । हजार दिने आमा तथा शिशुको पोषण स्थितिमा सुधार ल्यानका लागि सो कार्यक्रम गत वर्षदेखि सञ्चालनमा रहेको छ । ‘पोषिलो आहार शिशुको स्याहार, स्वस्थ बालक स्वस्थ नागरिक’ भन्ने नारासहित यो कार्यक्रम सञ्चालन गरिएको हो ।           संस्थागत सुत्केरी बढाउन र मातृशिशु मृत्युदर घटाउन पनि यो कार्यक्रमले सहयोग गर्ने शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । ‘उपाध्यक्षको कोशेली’ कार्यक्रमअन्तर्गत गर्भवती महिलाको घरमा झण्डा राख्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई पोषिलो खानेकुरा र सरसफाइ सामग्री भएको झोला, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य जनप्रतिनिधि, संस्थाकर्मीले गर्भवती महिलासँग अन्तक्र्रिया कार्यक्रम सञ्चालन भएका छन् । यस्ता विभिन्न कार्यक्रमलाई संस्थागत सुत्केरी हुनेको सङ्ख्या बढेको उपाध्यक्ष चन्दको भनाइ छ ।           उहाँले भन्नुभयो, “गत वर्ष परीक्षणका रुपमा सञ्चालन गरेकामा प्रभावकारी देखिएकाले यो वर्ष पनि निरन्तरता दिएका हौँ ।” गाउँपालिकाभित्र रहेका गर्भवती महिलाको घर दुई किसिमको झण्डा राख्ने गरेका छौँ उपाध्यक्ष चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवतीको स्वास्थ्य जाँच गरी सामान्य भएमा हरियो र कुनै किसिमको खतराका लक्षण देखिएमा रातो झण्डा राख्ने गरेका छौँ”, उहाँले थप्नुभयो, “झण्डा राख्दा गर्भवती महिलाको घरपरिवारलाई जिम्मेवारी बोध हुन्छ ।”           स्वास्थ्यसंस्थामै सुत्केरी हुन आउने महिलालाई पोषण र सरसफाइ सामग्री भएको झोला दिने गरिएको छ । झोलामा ज्वानो, मेथी, शुद्ध तोरीको तेल, साबुन, नेलकटर, कोलगेट, मेक्सी, पेन्टीलगायतका ११ सामग्री रहेका हुन्छन् । उहाँले भन्नुभयो, “झोला उपलब्ध हुने भएपछि स्वास्थ्य संस्थामा सुत्केरी हुने महिला बढेका छन् ।”

सुत्केरीलाई न्यानो कपडा र पोषिलो खानेकुरा

वासुदेव शर्मा, जाजरकोट  ।  जुनीचाँदे गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा, तेल र न्यानो कपडा वितरण गर्ने भएको छ । गर्भवती आमाहरुलाई पोषणयुक्त खानपानबाट स्वास्थ्य अवस्थामा सुधार ल्याउन सामग्री वितरण गर्ने भएको हो ।सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत जुनीचाँदे गाउँपालिकाका सबै वडाका महिलालाई पोषिलो खानेकुरा तथा न्यानो कपडाका लागि प्रतिव्यक्ति २ हजार ५ सयका दरले रकम वितरण गर्ने […]

सुत्केरी र गर्भवतीलाई पोषिला खाद्य वितरण | Nagarik News - Nepal Republic Media

बन्दाबन्दी जारी रहँदा बुटवल उपमहानगरपालिकाले विपन्न समुदायका गर्भवती तथा सुत्केरीलाई पोषिला खाद्य सामग्री वितरण गरेको छ।