राजनीतिको दुःख

पेशल आचार्य ‘असल राजनेता देशको भविष्यको चिन्ता गर्छ तर राजनीतिज्ञलाई भने आउने चुनावको मात्र चासो हुन्छ ।’ चर्चित दार्शनिकको भनाइ हो यो । वास्तवमा नेपालको राजनीतिमा औँलामा गन्न सकिने मात्र व्यक्तिहरू विचार, निष्ठा, आदर्श र सिद्धान्तको राजनीति गर्नेहरु छन् । बाँकीचाहिँ चुनावमा पार्टीहरूसँग टिकट किनेर व्यापक लगानी गरी चुनावलाई ‘एनी हाउ कब्जा जमाऊ’ को शैली […]

सम्बन्धित सामग्री

अख्तियार र सीआईबीले अनावश्यक दुःख दिइरहेको छ : शेखर कोइराला

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले राजनीतिज्ञलाई दुःख दिन थालेको टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राजनीतिको अपराधीकरण भइरहेको …

राजनीतिको उद्देश्य राज्य कब्जा कि राष्ट्र निर्माण ?

कुरा गर्‍यो, कुरैको दुःख । यो देशमा धेरै चिज त्यस्तै लाग्छन् । राजनीति गर्‍यो, राजनीतिकै दुःख । विचार गर्‍यो, विचारकै दुःख । व्यवसाय गर्‍यो, व्यवसायकै दुःख । लगानी गर्‍यो, लगानीकै दुःख । पार्टी बनायो, पार्टीकै …

नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएनः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न नसकेको बताएका छन् । देश गरिव भए पनि नेता बिकाउ धन्दामा नलागेको भए चाँडै विकास योजनाले गति लिने थियो तर नेताहरु देश बनाउने भन्दा आफू बन्ने सोचले बिकाउ धन्दामा लागेका कारण मुलुकले दुःख पाएको बताए ।

विशेष आलेख : ‘नेपाल लिडरसीप समिट’ कहाँ चुक्यो कार्यान्वयन ?

वीरगञ्ज यस्तो ठाउँ हो, जसका आर्थिक आयामहरू समग्र अर्थतन्त्रको उन्नतिसँग सरोकार राख्छन् । देशको मुख्य प्रवेशमार्ग हुनुका कारण वीरगञ्जको विकास देशको आर्थिक विकासको आधार बन्नेमा द्विविधा छैन । तर, यहाँ विकासका पूर्वाधारहरू अपेक्षित रूपमा विकास हुन सकेको छैन । आज वीरगञ्ज र आसपासका क्षेत्रमा जति पनि विकास भएको छ, त्यो यहाँको भौगोलिक अवस्थितिका कारण सम्भव भएको हो । सरकार वा राजनीतिक नेतृत्वको विशेष आग्रह र लगावबाट भएको होइन । वीरगञ्ज नाकामा बनाइएका एकीकृत भन्सार, सुक्खा बन्दरगाहदेखि पेट्रोलियम पाइपलाइन, निर्माणाधीन द्रुतमार्ग, व्यापारिक मार्ग, विमानस्थलजस्ता सबै योजना वीरगञ्जको अवस्थितिका उपज हुन् । देशकै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर पनि मुख्य नाका र मध्य भागमा रहनुका कारण ढुवानीमा तुलनात्मक सहजताका कारण विस्तार भएको हो । वीरगञ्जको यो विशिष्टतालाई समग्र आर्थिक विकासमा उपयोग गर्न यहाँका सम्भाव्यतालाई अझ बढी उपयोग गरिनु पर्दछ । र, यहाँ यस्ता सरोकारका पूर्वाधारहरूको व्यापक विकास र विस्तार हुनुपर्छ । यसका लागि नीति निर्माण गर्ने राजनीतिक नेतृत्व प्रतिबद्ध हुनुपर्छ भन्ने थियो । निजीक्षेत्रले विकासको दृष्टिकोण दिन सक्छ । त्यसलाई कार्यान्वयनको दिशामा अघि बढाउने काम राजनीतिको हो । यस अर्थमा वीरगञ्जलाई आर्थिक विकासको केन्द्र भागमा राखेर विकासको मोडेल अघि बढाउने सन्दर्भमा राजनीतिक दलहरूबीच समान र साझा अवधारणाको आवश्यकता थियो, यसको खाँचो आज पनि छ । यो तथ्यलाई आत्मसात् गरेर वीरगञ्ज उद्योग वाणिज्य संघ र आर्थिक अभियान दैनिकको सहकार्यमा ८ वर्षअघि २०७० भदौ २० गते वीरगञ्जमा ‘नेपाल लिडरसीप समिट’ आयोजना भएको थियो । त्यसबेला ५ जना पूर्वप्रधानमन्त्रीले एउटै मञ्चबाट १० वर्षे विकास मार्गचित्रको १२ बुँदामा हस्ताक्षर गर्नुभएको थियो । यसको समयसीमा सकिन अब करीब २ वर्षमात्रै बाँकी छ, तर ती प्रतिबद्धता भने अहिलेसम्म पूरा भएका छ्रैनन्, कागजमै सीमित छन् । खासमा वीरगञ्ज उद्योग वाणिज्य संघ अवधारणाको उत्पादकमात्रै हो । विकासको त्यो मार्गचित्र त देशको समग्र उन्नतिसँग सरोकार राख्छ । वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षहरूले पनि यो आवश्यकतालाई उठाउँदै आउनुभएको थियो । विकासको सवालमा शीर्ष राजनीतिक नेतृत्वबाट किन साझा प्रतिबद्धता नलिने ? राजनीतिक दृष्टिकोण र आग्रह जे भए पनि विकास सबैको आवश्यकता हो भने राजनीतिक नेतृत्वलाई यसमा सहमत तुल्याउनुपर्छ भन्ने उद्देश्यले म वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा यो काम सम्पन्न भएको थियो । त्यसैबेला बारा र पर्साबाट व्यवस्थापिका–संसद्मा चुनिएर गएका जनताका प्रतिनिधिहरूबाट यसबारेमा आवाज उठाउन सांसद क्लब पनि गठन भयो । सीमावर्ती वीरगञ्ज र भारतको रक्सौल क्षेत्रका राजनीतिक नेतृत्वबीच संवादबाट हेप्पी बोर्डरको अवधारणा अगाडि आयो । त्यसबेला हामीले गरेको यो कार्यको प्रशंशामात्र भएन, अन्य ठाउँका लागि पनि यस्तो पहल गरिदिन आग्रहसमेत आएका थिए । यो प्रयासबाट केही उपलब्धि देखिएको पनि हो । विकासका मूल आवश्यकता र पूर्वाधारको प्रबन्धमा भने हाम्रो राजनीति अपेक्षित इमानदार देखिएन । फलतः वीरगञ्ज घोषणाका प्रतिबद्धताको पूर्णतामा आज ८ वर्ष बितिसक्दा पनि उत्साहजनक उपलब्धि देखिएको छैन । ‘नेपाल लीडरसीप समिट–आर्थिक क्रान्तिको मार्गचित्र : भिजन २०८०’ यस्तो समयमा भएको थियो, जतिबेला पहिलो संविधानसभा उद्देश्यमा नपुगी अवसान भएर दोस्रो प्रयोजनका लागि गैरदलीय सरकार गठन भएको थियो । त्यो बेला दलहरूलाई एउटै अवधारणामा सहमत गराउनु जति चुनौतीपूर्ण थियो, अहिले त्यसको कार्यान्वयन त्यति नै अन्योलमा परेको छ । देशको समग्र विकासमा वीरगञ्जको महŒव र सम्भाव्यतालाई मनन गरेरै वीरगञ्जलाई आर्थिक समृद्धिको आधारको रूपमा विकास गर्नुपर्ने अवधारणामा नेताहरू सहमत हुनुभएको हो । तर, वीरगञ्जमा व्यक्त सामूहिक प्रतिबद्धता त्यसयता सरोकारका कुनै पनि राजनीतिक दलमा एजेण्डाको रूपमा प्रवेश पाएको जानकारी छैन । त्यतिबेला प्रतिबद्धता जनाउने नेतामध्ये कतिजना त पटकपटक सत्तामा पुग्नुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहाल दुईपटक प्रधानमन्त्री बन्नुभयो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि पटकपटक त्यो पदमा पुग्नुभयो, अहिले देशको कार्यकारी प्रमुख हुनुहुन्छ । नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराई मुख्य राजनीतिक दलको शीर्ष स्थानमा हुनुहुन्छ । आपैmले गरेको प्रतिबद्धता पूरा गर्ने काममा भने उहाँहरू गम्भीर देखिनुभएको छैन । हामीले देशको समग्र विकासका लागि दिएको दृष्टिकोणलाई रूपान्तरण गर्ने सन्दर्भमा नेतृत्वको अपेक्षित भूमिका देख्न पाइएन । यस्तो लाग्छ, उहाँहरूले वीरगञ्जमा ८ वर्षअघि विकासको साझा अवधारणामा प्रतिबद्धता जनाएको कुरा नै बिर्सिनुभयो । ती राजनीतिक दलका स्थानीय नेता र यहाँबाट नीति तथा योजना निर्माणको तहमा प्रतिननिधित्व गर्नेहरूले पनि शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउने कामलाई बेवास्ता गरेको भान हुन्छ । हामीले लिखित रूपमा, कतिपय अवस्थामा भेटेरै प्रतिबद्धता स्मरण गराएको पनि हो । तर, कार्यान्वयनमा नेतृत्व उदासीन नै रह्यो । वीरगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वले अब यसमा राजनीतिक नेतृत्वलाई निरन्तर घचघच्याउनु पर्छ । आम सञ्चारका माध्यमबाट नेतृत्वलाई यसमा ध्यानाकर्षण गराउने काम हुनुपर्छ । यसबीचमा वीरगञ्जको नेपाल–भारत एकीकृत जाँच चौकीको सञ्चालन भएको छ । यद्यपि, यसमा सुधारको आवश्यकता महसूस हुन थालेको छ । नेपाल र भारतका शहरमा शान्ति बस सेवा सञ्चालन हुनु सकारात्मक छ । परवानीपुर–वीरगञ्ज–रक्सौल विद्युत् प्रसारण लाइन निर्माण भएको छ । सीमावर्ती भारतीय शहर रक्सौलमा विमानस्थल सञ्चालनको प्रक्रिया अघि बढेको छ । रक्सौलमा रेलवे पूर्वाधार विस्तार र आकाशेपुललगायतको काम अघि बढेको छ । वीरगञ्ज र रक्सौलको विकासमा एकरूपताबारे बहस शुरू भएको छ । तर, हाम्रो सरकारीस्तरबाट अपेक्षा गरिएका मूलभूत काम र प्रतिबद्धतालाई पूर्णता दिने काममा भने निरन्तर उदासीनता देखिएको छ । वीरगञ्जलाई आर्थिक राजधानीको मान्यता दिने, औद्योगिक कोरिडोर घोषणा गर्नेजस्ता काम पनि अघि बढ्न सकेनन् । आज मुख्य कोरिडोर मानिएको वीरगञ्ज क्षेत्रमा उद्योग र मानव समुदायबीच द्वन्द्व बढ्दो छ । उद्योग खोल्नु चुनौतीपूर्ण काम बनेको छ । प्रक्रियाका नाममा लगानीकर्तालाई दुःख दिने काम मात्र भइरहेको छ । उद्योग स्थापनाको प्रक्रिया एउटा वडाध्यक्षको लहडमा अवरुद्ध हुने अवस्था छ । ब्रान्ड दर्ता गराउन २ वर्ष धाउनुपर्छ । लगानीकर्ताले मुद्दामामिला खेप्नुपर्छ । एकद्वार प्रणालीको कुरामात्रै हुन्छ, प्रत्याभूति छैन । हामी एकातिर उत्पादन र लगानी आकर्षणका कुरा गर्छौं, अर्कातिर मुख्य औद्योगिक कोरिडोरमै लगानीकर्ता सकसमा रहेको अवस्थामा बाहिरको लगानी किन र कसरी आउँछ ? यस्ता विरोधासको अन्त्यका लागि मापदण्डसहितको औद्योगिक कोरिडोरको आवश्यकता महसूस भएको हो । यसबाट लगानीको वातावरण बन्न सक्छ । यसमा राजनीतिक नेतृत्वको उदासीनता भने बुझिनसक्नु विषय बनेको छ । दशवर्षे मार्गचित्रका मूल कामहरू बाँकी छन्, समय भने २ वर्षमात्रै बाँकी छ । यो समयमा कम्तीमा अवधारणाअनुसार कामको शुरुआत मात्रै भयो भने पनि सन्तोष गर्न सकिने आधार बन्नेछ ।

संसारकै बाठा नेपाली

वर्ल्ड पपुलेशन रिभ्यूले कुन देशका मानिस बढी बुद्धि भएका छन् भनेर विश्वका १९९ ओटा देशमा एउटा सर्भे गरेछ । परिणाम आउँदा नेपाल चाहिँ सबैभन्दा पुछारमा अर्थात् १९९ नम्बरमा परेछ । नम्बर पनि ४२.९९ मात्र दिएछ, थर्ड डिभिजनतिर । विश्वमै बहादुरीमा एक नम्बरमा रहेका हामी नेपालीलाई विश्वका सबैभन्दा कम बुद्धि भएका देशमा पारेर वल्र्ड पपुलेशन रिभ्यूले ठीक चैं गरेन है !  ‘रिन लागोस् तर दिन नलागोस्’ भन्दै ‘सित्तैको बेसाहाले पखाला लाउँछ’ भन्ने बुद्धिमान्हरू बसोवास गर्ने देश पो हो त नेपाल । त्यसैले बरु ऋण लिने तर अनुदान नलिने नीति खाशगरी हाम्रा हाम नेताहरू सरी वाम नेताहरूले लिएका हुन् । यी इन्डेक्सवालाहरूले नेपाललाई बुद्धि भएका देशहरूको लिस्टको अन्तिममा पारेकोमा कुनै पनि नेपालीलाई चित्त बुझ्ने कुरै भएन । मलाई पनि यो चित्त बुझेको छैन । मभित्रको देशभक्ति उम्लिएर मात्र यसो भनेको होइन । म त तथ्य र तथ्यांकमा विश्वास गर्ने मानिस हो । त्यसैले मेरो अध्ययनले पनि भन्छ कि नेपाल विश्वका सबैभन्दा बढी टाठाबाठा मानिस बस्ने मुलुक पो हो त !   जस्तै, अरू देशमा विश्व राजनीतिको विश्लेषण राजनीतिक शास्त्रका विश्वविद्यालयहरूमा हुन्छ, अनुसन्धान केन्द्रहरूमा मात्र हुन्छ । हाम्रोमा त गोठमा भैंसी दुहुँदै होस् वा बारीमा घाँस काट्दै बेलायतमा प्रधानमन्त्रीको चुनावदेखि सोमालियाको गृहयुद्धसम्मका विश्लेषण प्रायः सबैजसो नेपाली गर्न सक्षम छन् । उनीहरूलाई भेनेजुएलादेखि उत्तर कोरियासम्मको राजनीति कण्ठस्थै हुन्छ । चिया पसलमा बिहानै आगामी सय वर्षमा यूरोपले के गर्छ, उक्रेनले के गर्छ, रूस र चीनले के गर्छ भनेर भविष्यवाणी गर्न सक्ने अति बुद्धिमान् जमात नेपालबाहेक अन्त कही देख्नुभएको छ ? हिजोआज हेर्नुस् त, हरेक नेपालीलाई एमसीसी कण्ठस्थ मात्र छैन, एमसीसी आएपछि भोलि अमेरिकाले नेपालमा के के गर्छ भन्ने सबै सूचना नेपालीले पहिल्यै पाइसकेका छन् । उसले भावी सय वर्षसम्म चाल्ने कदमका बारेका गोप्य सूचना नेपालीहरूलाई पहिल्यै थाहा हुन्छ । यस्ता कुरा मै हुँ भन्ने इजरायलको मोसाददेखि बेलायतको एमआई लगायत रूस, चीन र भारतका गुप्तचर निकायले पनि प्राप्त गर्न सकेका हुँदैनन् । यस्ता तीक्ष्ण बुद्धि भएका नेपालीलाई लाटाहरूको देश भनेर घोषणा गर्ने वल्र्ड पपुलेशन रिभ्यूका तथ्यांकशास्त्रीहरू चैं बरु बुद्धि नभएका हुनुपर्छ । उनीहरूले सर्भे गर्दा हाम्रा चिया पसलमा भेटिने धुरन्धर विश्लेषकहरूलाई नछुटाएको भए नेपाल एक नम्बर बाठाहरूको लिस्टमा पुग्ने निश्चित थियो । ‘रिन लागोस् तर दिन नलागोस्’ भन्दै ‘सित्तैको बेसाहाले पखाला लाउँछ’ भन्ने बुद्धिमान्हरू बसोवास गर्ने देश पो हो त नेपाल । त्यसैले बरु ऋण लिने तर अनुदान नलिने नीति खाशगरी हाम्रा हाम नेताहरू सरी वाम नेताहरूले लिएका हुन् । यी काँग नेताहरू पनि कुरै बुझ्दैनन् । एमसीसीमा अहिले सित्तैमा अनुदान लिए परजुनीमा तिर्नुपर्छ भन्ने कुरा कांगे्रसजनहरूले किन नबुझेका होलान् कुन्नि ? अर्को जुनीमा समेत के के हुन्छ भन्ने चेत भएका नेपालीलाई बाठा छैनन् भन्ने वल्र्ड पपुलेशन रिभ्यूका तथ्यांकशास्त्रीको बुद्धि देखेर पो दया लाग्यो मलाई त । डोनाल्ड ट्रम्प र किम जोङ उनको भेटवार्ता गराउने होलीवाइनका चेला महान् नेपाली कूटनीतिज्ञका कुरा सुन्नुभएकै होला । उता अमेरिकी महाशक्तिलाई साइजमा ल्याउन भनेजुएलासँग रणनीतिक एलायन्स गर्नुपर्ने बुद्धि नेपाली बाहेक अरू कसले दिन सक्छ ? त्यत्ति पनि थाहा नपाउने, अनि को बाठा छन् भनेर सर्भे गरी हिँड्ने ? नेपाली अति बुद्धिमान् छन् भन्ने उदाहरण अरू पनि छन् । सस्तोमा ठेक्का कबोलेर भेरिएसन गर्दै कैयौं गुणा बढी असुल गर्ने बुद्धि भएका मानिस नेपाल बाहेक अन्त कही देख्नुभएको छ ? विदेशमा लगानी गर्न नदिने कानून बनाउने, तर विदेशमा गैरकानूनी लगानी गरेर धनी भएकालाई मानसम्मान गर्ने मुलुक कहीँ छ ? दुई कट्ठामात्र जमीन हुने सर्वहाराको पनि यूरोप अमेरिकाका महँगा अस्पतालमा उपचार हुन्छ र त्यस्ता सर्वहाराहरू काठमाडौंमा राजामहाराजाको भन्दा ऐयासी जीवन बाँचिरहेका छन् । यस्ता तीक्ष्ण बुद्धि भएका मानिस नेपाल बाहेक विश्वका अरू कुन देशमा छन्, भन्नुस् त ? गरीबका गीत गाउँदै आफू अर्बपति हुने कला नेपालमा जस्तो अरू कुनै देशका मानिसमा देखिएको छ र ? अझ आफूसँग सुको छैन भन्दै स्वीट्जरल्याण्डका बैंक भर्ने महान् बुद्धिमान्हरू नेपालीहरूलाई वल्र्ड पपुलेशन रिभ्यूले बुद्धि नभएका देशहरूको सूचीमा त्यो पनि लास्टमा राख्नु त सोह्रै आना अन्याय हो नि । रुघा लागे पनि विदेश धाउन सक्ने हैसियत बनाउने कला भएका मानिस बस्ने देशलाई सबैभन्दा कम बुद्धि भएको घोषणा गर्ने वल्र्ड पपुलेशन रिभ्यूको सूची हेरेपछि कसैको पनि कन्पारो तातेर आउँछ । हामी कति बाठा छौं भन्ने अरू पनि उदाहरण हेरौं न । हामीसँग देशैभरि कृषियोग्य जमिन छन् । तर हामी संसारभरबाट खाद्यान्न, तरकारी, फलफूल मगाएर खान्छौं । अरूले हामीलाई महामूर्ख ठान्छन् । तर उनीहरू के बुझ्दैनन् भने किनेरै खान पाइन्छ भने आफै उत्पादन गर्ने झन्झट किन गरिरहने ? किनेर खान पाइने दूधका लागि गाईभैंसी पालेर कसले दुःख बेसाओस् । सिंगापूर लगायत देशले तरकारी फलाउँछ र ? किनेर खाएकै छन् त । अर्थात् जति विकास त्यति खेतीपाती कम हुने हो नि । अहिले देशैभरि भ्यूटावर बनाउने होडबाजी चलेको छ । अबुझहरू प्रश्न गर्छन् स्वास्थ्यचौकी, स्कुल, बाटो बनाउन छोडेर भ्यूटावर किन भनेर । ल ! भ्यूटावरबाट रैतीहरूलाई माथिबाट हेर्नुको मज्जा के था यिनीहरूलाई ? यस्ता थुप्रै उदाहरणहरू छन् हामी नेपाली विश्वको बिछट्टै बाठाहरू बस्ने देश हो भन्ने । नेपालका कतिपय कर्मचारीहरूलाई नै हेर्नुस् न । आइतवारदेखि बिहीवारसम्म दिनभरि अफिसमै बसेर शेयर किनबेच गर्छन् । शुक्रवार र शनिवार जग्गा दलाली गर्न हिँड्छन् र पनि राष्ट्रसेवकको पगरी गुथेका गुथ्यै छन् । तलब सुविधा कम भयो भन्दै बढाएका बढायै छन् । हाजिर गरेको तलब र काम गरेको थप पैसा लिन खोज्ने नेपालका कर्मचारीजस्तो बाठा अरू कुनै देशमा होलान् ? अझ आयल हो कि घायल निगम, रोयल निगमजस्ता निकायहरूमा त संस्था दिनहुँ अर्बौं रुपैयाँ घाटा भइरहँदा पनि युनियनबाजी गरेरै भए पनि अतिरिक्त भत्ता र बोनससमेत हाम पार्न सफल छन् । यस्ता विलक्षण प्रतिभा भएका विश्वकै बाठा मानिस नेपालबाहेक भेटिन्छन् त अन्त कतै ? त्यसैले आउनुहोस्, नेपालीलाई मन्दबुद्धि भएका घोषणा गर्ने सो सूची नसच्याएसम्म वल्र्ड पपुलेशन रिभ्यूका विरुद्ध तपाईं हामी सबै मिलेर मोर्चा कसौं । माइतीघर मण्डलामा जाऔं, मैनबत्ती बालौं, टायर बालौं, नेपाल बन्द गरौं । त्यतिले नपुगे सडक भत्काऔं, उस्तै परे घरै जलाऔं । आआफै विकासका नाममा लडौं, जात र धर्मका नाममा लडौं, भूगोलका नाममा लडौं । त्यति गरेपछि त्यो रिभ्यूले हामी कति बुद्धिमानी छौं भन्ने कसो नदेख्ला ? बरु ढिला नगरौं । जिन्दावाद ! मुर्दावाद !!

फूलखेतीमा व्यावसायिक भविष्य खोज्दै वडा अध्यक्ष घलान

विद्यालय जीवनमै नेकपा माओवादीको सशस्त्र द्वन्द्वमा हिँडेका ललित घलान हाल हेटौंडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष छन् । १७ वर्षकै उमेरमा माओवादीको जनयुद्धमा होमिन पुगेका उनी कलिलो उमेरमै जनयुद्धमा जानु नै राजनीतिको पहिलो पाइला राख्ने खुड्किलो भएको बताउँछन् ।विद्यालय जीवनमा आफूले भोगेका दुःख र पीडा त्यहाँका अन्य नागरिक र बालबालिकाले भोग्न नपरोस् भन्ने हेतुले उनी वडाको विकास तथा समृद्धिका लागि समर्पित हुँदै आएका छन् । राजनीतिलाई व्यापार बनाउन नहुने मान्यता बोकेका उनी आयआर्जनका लागि वैकल्पिक व्

बल्झिरहने दार्चुलावासीको पीडा

दार्चुला जिल्ला नेपाली राजनीतिको इतिहासमा घरीघरी उकुच पल्टेको घाउजस्तो बल्झिरहन्छ । लामो समयसम्म यसको दुःख बाँकी नेपालसँग सडक सम्पर्क सञ्जालले नजोडिनुमा थियो । यसको दुःख भारतको धार्चुला हुँदै नेपालका अन्य...

राजनीतिक विसंगतिले गुण्डा प्रवृतिका व्यक्ति हावी भए : हरिवंश आचार्य

काठमाडौं : वरिष्ठ कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहरी खेलले जनतालाई दुःख दिइरहेको टिप्पणी गरेका छन्। आचार्यले ४० वर्ष अगाडि आफूहरुले कलाकारिता शुरु गर्दा राजनीतिमा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृति परिवर्तन हुन नसकेको बताए। राजनीतिक विसंगतिले गुण्डा प्रवृतिका व्यक्ति संसदमा छिरेको उनले बताए। आचार्यले भर्खरै समसामयिक

राजनीतिको ‘फोहोरी खेल’ले जनतालाई दुःख दियो : हरिवंश आचार्य

काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले जनतालाई दुःख दिइरहेको बताएका छन्

राजनीतिको फोहोरी खेलले नागरिकलाई दुःख दिइरहेको छ : हरिवंश आचार्य

काठमाण्डाै – वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नेपाली राजनीतिको फोहोरी खेलले नागरिकलाई दुःख दिइरहेको बताउनुभएकाे छ ।  शुक्रबार कुराकानी गर्दै कलाकार आचार्यले ४० वर्ष अगाडि आफूहरूले कलाकारिता सुरु गर्दा जस्तो अवस्था थियो अहिले व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुन नसकेको बताउनुभयो । राजनैतिक विसङ्गति...