मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति घोषणा गर्नसक्ने

काठमाडौं : मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ। बैठक आज दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने जनाइएको छ।  निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ।निर्वाचन आयोगले आउँदो मंसिर २ वा चार गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ। सरकारले त्यही मितिभित्र मिति तोक्न सक्ने छ । 

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक सुरु, चुनावको मिति घोषणा हुनसक्ने्

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो। आजको बैठकबाट सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्नसक्ने बैठकमा...

चुनावको मिति घोषणा गर्नको लागि मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, १९ साउन । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आगामी संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गर्नेगरि बैठक सुरु भएको जनाईएको छ। सत्तारुढ गठबन्धनको हिजो (बुधबार) बसेको बैठकमा संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते गर्नेबारे सहमति जुटेको थियो । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक डाकेका हुन् । आजकै बैठकले चुनावको […]

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा हुन सक्ने

संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । मन्त्री चौधरीले भने- 'प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना छ । अन्य मन्त्रालय गत एजेन्डाहरूमा पनि छलफल हुन्छ ।'गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

मन्त्रिपरिषद् बैठक १ बजे

आज मन्त्रिपरिषद बैठक बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकले संघ र प्रदेशको चुनावको मिति घोषणा गर्ने सम्भावना छ । ...

मन्त्रिपरिषद् बैठक जारी, स्थानीय तहको निर्वाचनको मिति घोषणा हुँदै

काठमाडौं, २४ माघ । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी गरेका थिए । file photo

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद् बैठक, निर्वाचन मिति घोषणा गर्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। देउवाले सोमबार (आज) दिउँसो तीन बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।...

मन्त्रिपरिषद् बैठक बस्दै, स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सम्भावना

अपराह्न तीन बजे बस्ने मन्त्रिपरिषद्‌को नियमित बैठकले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सम्भावना छ ।

मन्त्रिपरिषद् बैठक बस्दै, निर्वाचनको मिति घोषणा गर्ने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति

आज होला स्थानीय चुनावको औपचारिक मिति घोषणा ?

निर्वाचन आयोगको प्रस्तावअनुसार जेठ ४ गतेको लागि स्थानीय तहको चुनाव गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सहमति जनाए पनि मिति घोषणामा ढिलाइ भएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग मंगलवार भएको छलफलमा सरकारले बिहीवार (आजसम्म) चुनावको मिति घोषणा गर्ने आश्वासन दिएको थियो । बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरी पनि बिहीवार बैठक बस्ने/नबस्ने यकिन छैन । मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना भए पनि हालसम्म समय यकिन नभएको एक मन्त्रीले लोकान्तरलाई बताए । ‘अहिलेसम्म बैठकको समय तय भइसकेको छैन,’ ती मन्त्रीले भने ...