घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिएको छ । बुधबार विशेष समारोहबीच मुख्यमन्त्री कुलप्रसाद केसीले घोराहीलाई संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गरेका हुन् । घोराहीले ५१ वटा सूचक पूरा गरेपछि बालमैत्री घोषणा गरिएको हो ।