काठमाण्डाै - काठमाण्डौमा गएरातिदेखिको वर्षा रोकिएको छ । काठमाण्डौमा पानी पर्न रोकिए पनि अन्य ठाउँमा भने परिरहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् विनु महर्जनका अनुसार अहिले वाग्मती, प्रदेश-१, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।
अहिले प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ भने सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
अहिले पानी पर्न रोकिएका केही ठाउँमा दिउँसो फेरि पानी पर्ने अनुमान गरि...