काठमाडौँ। सानिमा बैंक लिमिटेडले दशैं र तिहार पर्वलाई लक्षित गरी ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ।
यस योजना अन्तगर्त सानिमा मोबाइल बैंकिङ सेवा प्रयोग गरी क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्म)को छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।