मूल्यवृद्धि सीमामा राख्न चुनौती : गभर्नर

अहिले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धि सीमाभित्र नियन्त्रण गरेर राख्नु, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्नु हो । हालको आर्थिक सूचकहरूलाई सुधार्न नसके साढे ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न निकै चुनौतीपूर्ण हुनेछ । यो वर्षको बाढीका कारण धानबालीलगायतमा पारेको असर मूल्यवृद्धिमा देखिनेवाला छ । त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आप्mना सबै मौद्रिक उपकरण परिचालन गरिरहेको छ । अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिँदै आयातमा थप कडाइ गर्ने योजना पनि बनाइरहेका छौं । यो भनेको विलासिताका वस्तु आयातमा थप कडाइ गर्ने नै हो । कोभिड महामारीका बेलामा धेरै नै बढेको आयात सामान्य अवस्थामा झन् डरलाग्दो हुनसक्नेतर्पm अहिले हामीले ध्यान दिन जरुरी छ ।   चालू आर्थिक वर्षको शुरूतिर विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अहिले १३ खर्ब १९ अर्ब रुपैयाँमा खुम्चिएको छ । विदेशी लगानी र विप्रेषण घट्दै गरेको अवस्थामा आयातमा हुने भुक्तानी ह्वात्तै बढ्नु अर्काे चुनौतीपूर्ण रहेको छ । तरलता अभावको समस्या अहिले पनि छ । चालू आर्थिक वर्षमा हालसम्म ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा गइसकेको छ, तर निक्षेप ६४ अर्ब रुपैयाँ मात्रै थपिएको छ र यहाँ साढे ३ खर्ब रुपैयाँको अन्तर देखिएबाटै तरलता अभाव हुन गएको हो । बिस्तार भएको कर्जाको ५० प्रतिशत अर्थात २ सय ५ अर्ब रुपैयाँ आयातका लागि रकम खर्चिनुपरेको छ । विप्रषेणको वृद्धि खासै हुन सकेको छैन औसतमा ८० अर्ब भित्रिरहेको छ । उच्च आयात हुँदा विप्रषेणले त्यसलाई थेग्न सकेको छैन । तरलतामा चाप पर्ने भएर आन्तरिक ऋण पनि उठाइएको छैन, विप्रषेणलाई आकर्षित गर्न भने एक प्रतिशत बिन्दु बढी ब्याज दिने योजना ल्याएको छ । यसले विप्रषेण बढाउनेमा सघाउ पुग्ने अपेक्षा छ । यस्तै, गैरआवासीय नेपालीको निक्षेप आकर्षित गर्न पनि नयाँ योजना ल्याएको छ । राम्रोसँग बुझेर मात्रै शेयरबजारमा लगानी गर्न जरुरी छ । कोरोना महामारीको समयमा अन्यत्र लगानी नहुँदा शेयरबजारमा लगानी ओइरिएको हो । त्यसरी लगानीमात्रै आएर पनी हुँदैन । शेयरबजारमा बुझेर मात्रै लगानी गर्नुपर्छ र यसका लागि पब्लिक सचेतना बढाउनुपर्ने देखिएको छ । खासगरी शेयरमा लगानी गर्नेले वित्तीय विवरण हेरेर मात्रै लगानी गर्न म सबैमा आग्रह गर्छु । (अर्थ समितिमा गभर्नर महाप्रसाद अधिकारीले राखेको विचारको सम्पादित अंश)

सम्बन्धित सामग्री

आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउन चुनौति

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा अधिकारीले मुलुकभित्र उत्पादन घटेका कारण समेत उक्त लक्ष्य भेट्टाउन चूनौति रहेको बताएका हु…

आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउन चुनौति

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्याउन र मूल्यवृद्धि ६.५ प्रतिशतभित्रै कायम राख्न चुनौती रहेको बताएका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा अधिकारीले मुलुकभित्र उत्पादन घटेका कारण समेत उक्त लक्ष्य भेट्टाउन चूनौति रहेको बताएका हु…

शेयर बजार अर्थतन्त्रको अभिन्न अंग : गभर्नर अधिकारी

पुस २५, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर बजार अर्थतन्त्रको अभिन्न अंग रहेको भन्दै यसले अर्थतन्त्रको पछिल्लो अवस्था झल्कने बताएका छन् । लेखा समितिमा आइतवार आयोजित छलफलमा उनले शेयर बजार नराम्रो चिज होइन, अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो भनेका छन् । साथै उनले शेयर बजार स्थिर हुनुपर्छ भन्दै  अर्थतन्त्र कुन अवस्थामा छ, त्यो शेयर बजारमार्फत रिफ्लेक्ट हुन्छ भनेका छन् । ‘शेयर बजार पूँजी निर्माणको आधार हो, अर्थतन्त्रका सूचकहरु हेर्दा शेयर बजारलाई समेत हेर्ने गरिन्छ’, गभर्नर अधिकारीले भने । उनले अहिलेको अवस्थामा अर्थतन्त्र संकटमा आइनसकेको तर चुनौतीपूर्ण अवस्थामा भने रहेको बताए । उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको पनि बताए । उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्नसमेत चुनौती थपिएको बताए । उनले यो साताबाट तरलता केही सहज बनेको  बताउँदै अर्थतन्त्रमा चुनौती भने बाह्य क्षेत्रको चाप रहेको र यसको मुख्य कारण बढ्दो आयात बताए । उनले वित्तीय प्रणालीको स्थिरताका लागि राष्ट्र बैंकले ब्याजदर नियन्त्रणको नीति लिएको बताएका छन् । समयमै ब्याजदरलाई नियन्त्रण गर्ने गरी नीति नलिएको भए अहिले कर्जाको ब्याज निकै माथि पुग्ने थियो भन्दै उनले वित्तीय प्रणालीको स्थिरताका लागि हस्तक्षेप आवश्यक भएको बताए । उनले कर्जाको प्रयोग आन्तरिक परिचालनभन्दा आयातमा बढी प्रयोग भएको हुँदा बजारमा तरलता अभाव भएको बताए । यसैगरी अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले कोभिड- १९ विरुद्धको लडाइमा अर्थतन्त्रमा प्रभाव नपर्ने गरी नीति लिनुपर्ने बताए । उनले  अर्थतन्त्र मुलुकको लाइफलाइन भएको भन्दै यसलाई सकेसम्म कम प्रभावित हुने गरी नीति लिनुपर्ने बताए । उनले यदि यसो गर्न सकिए चालू आर्थिक वर्षको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने पनि बताए ।    छलफलमा सांसद अमनलाल मोदी तथा पार्वती बिसीलगायतले देशको अर्थतन्त्र विद्यमान अवस्थाको बारेमा गभर्नर तथा अर्थसचिवको धारणा मागेका थिए ।

आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौतीः अधिकारी

काठमाडौँ । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर र मूल्यवृद्धि तोकिएको लक्ष्यभित्र राख्न चुनौती देखिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् । आइतबार लेखा समितिमा वर्तमान आर्थिक अवस्थाबारे धारणा राख्दै उनले यो वर्ष तोकिएको सात प्रतिशतको नजिक पुग्न समेत चुनौती थपिएको जानकारी दिए । खासगरी धान उत्पादनमा आएको कमी र सेवा क्षेत्रमा निरन्तर परिरहेको […]

आर्थिक सूचकहरुलाई सुधार्न नसके मूल्यवृद्धि नियन्त्रण गर्न कठिन : गभर्नर अधिकारी

मंसिर २३, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धि सीमाभित्र नियन्त्रण राख्ने, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्ने विषय रहेको बताएका छन् ।  उनले  अहिलेको आर्थिक सूचकहरूलाई सुधार्न नसके साढे ६ प्रतिशतको सीमाभित्र मूल्यवृद्धि राख्न निकै चुनौतीपूर्ण हुने बताए । तरलता अभावको समस्या पनि कायमै रहेकाले त्यसको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आफ्ना सबै मौद्रिक उपकरण परिचालन गरिरहेको उनले बताए । बिहीवार संसदको अर्थ समितिको बैठकमा गभर्नरले अर्थतन्त्रलाई पर्नसक्ने सम्भावित असरलाई ध्यान दिंदै आयातमा थप कडाइ गर्ने योजना रहेको बताए । उनले बिलासिताका वस्तु आयातमा थप कडाइ गरिने पनि बताए। उनले भने,  ‘अहिले कोभिड महामारीका बेलामा नै यति धेरै बढेको आयात सामान्य अवस्थामा झन् डरलाग्दो हुनसक्नेतर्फ हामीले ध्यान दिन जरुरी छ ।’  यो वर्षको बाढीका कारण धानबालीलगायतमा पारेको असर मूल्यवृद्धिमा देखिने उनले बताए ।  उनले चालू आर्थिक वर्षको शुरूतिर विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अहिले १३ खर्ब १९ अर्ब रुपैयाँमा खुम्चिएको पनि बताए ।  विदेशी लगानी र रेमिट्यान्स घट्दै गरेको अवस्थामा आयातमा हुने भुक्तानी ह्वात्तै बढ्नु अर्को चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । उनले चालू आर्थिक वर्षमा हालसम्म ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा गइसकेको छ, तर निक्षेप ६४ अर्ब रुपैयाँ मात्रै थपिएको र यहाँ साढे ३ खर्ब रुपैयाँको अन्तर देखिएबाटै तरलता अभाव हुने नै भयो भनेका छन्  ।