भदौ २७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको साढे एक घण्टाको अवधिमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशतले वृद्धि भएसँगै शेयरमूल्यमा सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६०१.८० पुगेको हो ।
कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा सर्वाधिक २ लाख ६६ हजार १८१ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।