स्वास्थ्य सेवा सुधार्ने प्रतिबद्धता

अत्यावश्यक आधारभूत स्वास्थ्य सेवामा सुधार ल्याउन अभियानकै रूपमा कार्यक्रम लैजान अछाममा सातबुँदे प्रतिबद्धता गरिएको छ। जनप्रतिनिधि, सरकारी, सामाजिक क्षेत्रमा संलग्न व्यक्तिले तोकिएका स्वास्थ्य सेवा सेवाग्राहीमैत्री बनाएर सहजै प्रदान गर्नका लागि प्रतिबद्धता जाहेर गरिएको छ। सबै बालबालिकाले खोप पाएको सुनिश्चित गरेर पूर्णखोप सुनिश्चितता घोषणा गर्ने, तोकिएको मापदण्ड पूरा गरेर चारवटा वडा र स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने प्रतिबद्धता गरिएको छ। सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सेवा, किशोरकिशोरीको यौन तथा प्रजननलाई सेवाग्राहीमैत्री बनाएर गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता गरिएको छ। क्षयरोगविरुद्धको अभियान गरेर कुनै दुई स्थानीय तह क्षयरोगमुक्त पालिका घोषणा, ज्वरो आएर स्वास्थ्य संस्था आएका सबै बिरामी र गाउँमा रहेका केही व्यक्तिको औलो परीक्षण गरेर निगरानीमा राख्ने प्रतिबद्धता छ। एचआईभी सङ्क्रमितलाई दिइँदै आएको एआरटी सेवा हरेक स्थानीय तहको एक स्वास्थ्य संस्थाबाट उक्त सेवा प्रदान गर्नमा समेत प्रतिबद्धता गरिएको छ। स्थानीय तहका जनप्रतिनिधि, प्रशासन र सुरक्षा निकाय, दसवटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, सामाजिक सङ्घ संस्था र नागरिक समाजमा संलग्न व्यक्तिले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको छ। “जिल्लामा धेरै स्वास्थ्य समस्यामा काम गर्नु त छँदै छ तर हाललाई सातवटा प्रतिबद्धता गरिएको छ, जसले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्छ।” स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले भन्नुभयो।

सम्बन्धित सामग्री

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,४ माघ । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क […]

आधारभूत स्वास्थ्य सेवा प्रवाहमा फर्मासिस्टको भूमिका

स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्य शाखा, आधारभूत अस्पताल,प्राथमिक स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चाैकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रमा फार्मेसी सहायक/फर्मासिस्टकाे दरबन्दी कायम गर्न आवश्यक देखिन्छ।

हिमाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र

काठमाडौँ,१९ जेठ । जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो । त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा […]

जुम्लाको हिमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र

जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ। नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो।

गुल्मीको रेसुंगा-१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार

२० माघ, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका–१ मा आधारभूत स्वास्थ्य सेवा विस्तार भएको छ । नगरपालिका स्वास्थ्य शाखा संयोजक बोम अर्यालका अनुसार स्थानीय नागरिकलाई वडा स्तरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले तम्घास आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरिएको हो । नगर प्रमुख डिल्लीराज भुसालले आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गरेका हुन् । स्वास्थ्य केन्द्रमा […]

नेपाल स्वास्थ्य सेवा व्यवस्थापन सङ्घ गठन

काठमाडौँ । स्वास्थ्य सेवा व्यवस्थापन सम्बन्धी कार्यरत व्यवस्थापकहरूको पेसागत हकहित तथा विकास लागि भन्दै स्वास्थ्य सेवा व्यवस्थापन सङ्घ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरूले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घ’ दर्ता गराएका हुन्। प्राध्यापक कविता खनालको अध्यक्षतामा गठित ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा उत्तम राज कर्णिकार, कोषाध्यक्षमा सजना कुँवर र सचिवमा मनिस […]

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन

स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन्।

अपांगतालक्षित घरदैलो स्वास्थ्य सेवा

अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले उनीहरुको घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन शुरू गरेको छ ।  अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका बुटवलका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निशुल्क उपलब्ध गराउने काम शुरू भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।  उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान शुरू गरेको हो । उप...

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

‘हामीले भरपर्दाे स्वास्थ्य सेवा पाएनौं’

बिहीबार वीरेन्द्रनगर नगरपालिका–८ मा रहेको सहरी स्वास्थ्य सेवा केन्द्रले प्रभावकारी स्वास्थ्य सेवा नदिएको भन्दै नागरिकहरुले प्रदर्शन गरे । यो पदर्शनले प्रष्ट पार्छ की, ‘प्रदेश राजधानीवासी नै प्रभावकारी स्वास्थ्यबाट वञ्चित छन् ।’ खजुराका स्थानीयले स्वास्थ्य...