चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रको विनयी खोलामा रातको समयमा ढुङ्गा, गिटी, बालुवा चोरी निकासी गराएको अभियोगमा क्रसर उद्योगी र ट्र्याक्टर धनीलाई पक्राउ गरेको छ । पाँच क्रसर उद्योगका सञ्चालक र तीन ट्र्याक्टर धनीलाई पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउपर्नेमा विनयी त्रिवेणी गाउँपालिका वडा नं १ मा रहेको विनयी बालुवा प्रशोधन उद्योगका विवेक श्रेष्ठ, ज्यामिरे बालुवा प्रशोधन उद्योगका विनोद श्रीस, बाग्लुङ कालिका क्रासर उद्योगका शेरबहादुर थापामगर छन् । विनयी त्रिवे...