काठमाण्डाै – अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मधेस प्रदेशकाे मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको निष्कर्ष निकाल्दै १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ । आयाेगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल, सीडीई, सह–लेखापालसहित १० जनाविरुद्ध बुधवार विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेकाे हाे । मुद्दा दायर गरिएकामा ओम सत्य साई प्रालि वीरगन्जकी म्यानेजिङ डाइरेक्टर रेनु अग्रवालसहित बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारी र सदस्य पनि ...