विराटनगर : प्रदेश १ सरकारले सञ्चार क्षेत्रलाई सम्बोधन गर्ने गरी ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८’ प्रदेशसभामा सोमबार दर्ता गरेको छ। यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयले दर्ता गरेको विधेयकमा रेडियो, टिभी, अनलाइन तथा पत्रपत्रिका सबैलाई एकीकृत ऐनमा समेट्ने प्रयास गरिएको छ।प्रदेशसभामा विधेयक दर्ता भएपछि सोमबार आयोजित पत्रकार भेटघाटमा यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले सरकारका तर्फबाट पहिलो विधेयक नै सञ्चार क्षेत्रलाई सम्बोधन गर