नेपाली काँग्रेसको क्रियाशील सदस्यता छानविन अन्तिम चरणमा छ । छानविन समितिका संयोजक रमेश लेखक नेतृत्वको समितिले करिब ४० दिन गौशालास्थित धर्मशाला भवनमा डेरा जमाएर काम गरेको छ । यही धर्मशालामा गत साता छानविनका समितिका सदस्य श्याम घिमिरेमाथि कुटपिट भयो ।धर्मशालामा जटिल समस्याका बाबजुद क्रियाशील सदस्यताको विवाद लगभग टुंगिएको छ । क्रियाशील छानविन समितिले महाधिवेशनको प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यता वितरण र नवीकरणको विषय टुङ्ग्याएर सभापतिले मंगलबार प्रतिवेदन बुझाउँदैछन् । केही विवादहरु नटुंगिँ