खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट तीन प्रकारका चुल्हो किन्न पाइने भएको छ । बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजारदेखि ४ हजार ५ सय रुपैयाँ मूल्यसम्मको इन्डक्सन चुल्हो किन्न पाइने कम्पनीले जनाएको छ । कम्पनीले इन्डक्सन चुल्हो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य ३ हजार रुपैयाँ तोकेको छ । यस्तै मिडिया ब्राण्डको […]

सम्बन्धित सामग्री

खाद्यले समर्थन मूल्यमा गहुँ खरीद शुरू गर्‍यो

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको समर्थन मूल्यमा गहुँ खरीद शुरू गरेको छ । शुक्रवारदेखि कम्पनीले बर्दियाको राजापुरबाट गहुँ खरीद गर्न थालेको हो । देशभरबाट ५ हजार मेट्रिकटन गहुँ खरीदको लक्ष्य लिएको कम्पनीले यस वर्ष खरीदका लागि १५ करोड ५८ लाख रुपैयाँ विनियोजन गरेको छ । ५ हजार क्वीन्टल गहुँ खरीदको जिम्मा पाएको राजापुर शाखाले शुक्रवारदेखि हालसम्म ८०० क्वीन्टल गहुँ खरीद गरिसकेको राजापुर राइस मिलका प्रमुख धर्मराज पन्तले बताए । उनका अनुसार सरकारले तोकेको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १ सय ११ रुपैयाँमै किसानसँग गहुँ खरीद भइरहेको छ । यो मूल्य गतवर्षको भन्दा ९६ रुपैयाँले बढी हो । यस वर्ष हिउँदे वर्षा राम्रो नहुँदा गहुँको फसल खासै राम्रो नभएको उनको बुझाइ छ । अहिले राजापुरबाट दैनिक रूपमा ४० देखि ५० जना किसानबाट गहुँ खरीद भइरहेको छ । महेन्द्रनगर, धनगढी, राजापुर, टीकापुर नेपालगञ्ज, भैरहवा, विराटनगर, वीरगञ्ज र लहान शाखामा समेत खरीदका लागि कम्पनीले निर्देशन दिइसकेको र चाँडै शुरू हुने कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । गतवर्ष कम्पनीले ३ हजार मेट्रिकटन गहुँ खरीदको लक्ष्य लिएकोमा कोरोना महामारीका कारण प्रभावित हुँदा करीब ६० मेट्रिकटन मात्र खरीद भएको थियो । नेपालमा वार्षिक करीब २० लाख मेट्रिकटन गहुँ उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । कम्पनीले लक्ष्य अनुसार मसिनो धान खरीद गर्न नसकेपछि त्यसको अभाव पूर्ति गर्न करीब ५ हजार मेट्रिकटन मसिनो चामल समेत खरीद गर्न लागेको बताएको छ । सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीले बिर्तामोड, विराटनगर, लहान, वीरगञ्ज, भैरहवा, काठमाडौं, नेपालगञ्ज लगायत ९ शाखामार्फत चामल खरीद गर्नेछ । बजारको माग अनुसार स्टिम जीरा मसिनो चामल, अरुवा साँवा चामल, सोना मन्सुली चामल, बासमती चामल, कालामुनिया चामल र स्टिम रन्जित चामलको खरीद गरिने कम्पनीले बताइएको छ । चामल खरीदका लागि कम्पनीले ठेक्का आह्वान गरेपछि ठेक्का सम्झौताका लागि सूचना निकालेर १५ दिनको म्याद राखेको छ । कम्पनीले उपभोक्ताको माग अनुसार सहुलियत मूल्यमा चामल, दाल, घिउ, कर्णालीको सिमी, फापर, गहुँ, इन्डक्सन चुल्हो, आयुर्वेदिक औषधि ‘सन्चो’, स्यानिटाइजर लगायत वस्तु पनि विक्री गर्दै आएको छ ।

‘लकडाउन’मा सरकारले बेच्यो ६ हजार चुल्हो, १२ हजार क्विन्टल खाद्यान्न

काडमाण्डौ–'लकडाउन'को कारण धेरै क्षेत्र अस्तव्यस्त भएको छ । व्यापार व्यवसाय चौपट भएको छ । तर नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई भने ‘लकडाउन’ फलिफाप भएको छ । कम्पनीले करोडौं रुपैयाँको व्यापार गरेको छ । उसले नागरिकको मन जित्ने काम गरिरहेको छ । अनलाइनमार्फत घरघरमा सामान पर्याउने...