बाँके र बर्दियामा भारतीय लुटेराहरूले लुटपाट मच्चाएपछि...

बाँके प्रहरीले शनिवार दुई भारतीय लुटेरालाई पेस्तोलसहित पक्राउ गरेको छ ।  जानकी गाउँपालिका–५, बुढियागाउँबाट भारत रुपैडिहा निबियाका २६ वर्षीय डम्बु मनिहार र बाबागञ्ज बाबाकुटीका २८ वर्षीया निजामुद्दिन कवडियालाई प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरूले बर्दिया बढैयातालका पर्शुराम सार्कीको घरबाट पुस २९ मा ३ लाख ३५ हजार नगद र सुन लुटेका थिए । त्यस्तै माघ १७ गते बाँके खजुरा डी गाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद र  मोटरसाइकल लुटेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल भोलिपल्ट (...

सम्बन्धित सामग्री

दुई भारतीय डाँका पक्राउ

बाँके (नेस) । नेपालमा आएर डाँका चोरीको धन्दा थालेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर भारत निबियाका डल्लु मनिहार र बाबागन्जका निजामुद्दिन कवडियाले बाँके र बर्दियामा डाँका गरेका थिए । पुस २९ गते बर्दिया शितलाबजारका परशुराम सार्कीको घरमा राती पेस्तोल देखाएर उनीहरूले तीन लाख ३५ हजार बराबरको नगद र सुन लुटेका […]

हतियारसहित पक्राउ

राँझा । बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले शनिबार हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागन्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५, बुढियागाउँबाट एकथान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन...

चोरी आरोपमा बाँकेबाट भारतीय पक्राउ

बाँके प्रहरीले चोरी आरोपमा दुई जना भारतीयलाई पक्राउ गरेको छ । कटुवा पेस्तोल देखाएर बाँके र बर्दियामा डाँका–चोरी गरेको आरोपमा भारत निवियाका २६ वर्षीय डल्लु मनिहार र बाबागन्जका २८ वर्षीय निजामुद्दिन कवडियालाई पक्राउ गरिएको हो ।

हतियारसहित पक्राउ

बाँके र बर्दियामा चोरी धन्दामा संलग्न दुई भारतीय नागरिकलाई बाँके प्रहरीले आज हतियारसहित पक्राउ गरेको छ । भारतको रुपैडिहास्थित निबिया निवासी २६ वर्षीय डल्लु मनिहार र बाबागञ्ज निवासी २८ वर्षीय निजामुद्दिन कवडियालाई जानकी गाउँपालिका–५ बुढियागाउँबाट एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनका अनुसार ती दुई जनाले बाँके र बर्दियामा डाँका तथा चोरी घटनामा संलग्न रहेका थिए । गत पुस २९ गते बर्दिया शीतलाबजारका परशुराम सार्क...

पर्यटक भित्रिन थाले

बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान सुरु गरेसँगै बाँके, बर्दियामा पर्यटक भित्रिने क्रम बढेको छ । भारतबाट आउने पर्यटक नेपालगञ्ज हुँदै पोखरा र बर्दिया तथा कर्णालीसम्म घुम्न जाने गरेको स्थानीय पर्यटन व्यवसायीले बताए । नेपालगञ्जबाट पोखरा हवाई यातायातमा जोडिएपछि पोखरा जाने भारतीय र पोखराबाट बर्दिया निकुञ्ज, रारा तथा सुदूरपश्चिम जाने पर्यटक बढ्दै गएको होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो । उहाँले हवाई उडानका कारण नेपालगञ्जमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । भारतबाट सवारीसाधनको आवागमनमा रोक लगाइएकाले अझै पनि धेरै पर्यटक आउन नसकेको गुनासो गर्दै उक्त रोक हटेपछि ठूलो सङ्ख्यामा भारतीय पर्यटक पोखरा जानका लागि यहाँ पुग्ने बताउनुभयो ।

लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना

काठमाडौं । लुम्बिनी प्रदेशमा कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना देखिएको छ । त्यहाँ भएको कृषियोग्य भूभाग, औद्योगिक क्षेत्र र पर्यटन स्थलहरूका कारण यी ३ क्षेत्रको विकासमा उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन मंगलवार सार्वजनिक गएिको छ, त्यसमा गत आवको पहिलो ६ महीनाको तथ्यांक समावेश गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले लुम्बिनी प्रदेशको समग्र आर्थिक गतिविधिको सम्बन्धमा अध्ययन गरिएको बताए । ‘हामीले लुम्बिनी प्रदेशको समग्र अर्थतन्त्रको आर्थिक गतिविधि अध्ययन गरेका थियौं । हामीले क्षेत्रगत रूपमा पनि आवश्यक अध्ययन गरेका थियौं,’ उनले भने, ‘त्यसमार्फत हामीले समग्र लुम्बिनी प्रदेशमा क्षेत्रगत व्यवसायको सम्भाव्यता र चुनौती पनि निकालेका छौं ।’ लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा अधिकांश कृषि उपजको उत्पादनका लागि आवश्यक मौसमी अनुकूलता रहेको छ । दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीलगायत भित्री मधेश तथा तराईका जिल्लाहरू कृषि उत्पादनका लागि उर्वर भूमि रहेका छन् । साथै, पहाडी जिल्लामा पनि बेंशी तथा फाँटहरू प्रशस्त रहेका छन् । त्यहाँ कृषि व्यवसाय विकासको उच्च सम्भाना रहेको अध्ययनले देखाएको छ । उक्त प्रदेशमा भरपर्दो सिँचाइ सुविधाको यथोचित व्यवस्था गर्न सकिएमा खाद्यान्नलगायत नगदे बाली उत्पादनको प्रशस्त सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । दाङ जिल्लालाई तेलहनको पकेट एरिया र रोल्पा, रूकुम तथा प्युठान जिल्लालाई बीउबिजन उत्पादन केन्द्रका रूपमा विकास गर्न सकिने अध्ययनले देखाएको छ । प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची र प्यूठान जिल्लामा कफी र अदुवाजस्ता नगदे बालीको सफल उत्पादन भइरहेकोमा यसलाई थप विस्तार गर्न सकिने प्रचुर सम्भावना रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यसका अलावा उखु, तरकारी र मसलाजन्य वस्तुहरूको उत्पादनको पनि उच्च सम्भावना रहेको बताइएको छ । यसमा पशुपालन, मत्स्यपालन, मौरीपालन, कुखुरापालन र अस्ट्रिचपालनको पनि सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । लुम्बिनी प्रदेशमा पर्यटन विकासको उच्च सम्भावना पनि रहेको अध्ययनले देखाएको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी आफैमा एउटा विश्वप्रख्यात पर्यटक स्थल हो । हिन्दूहरूको पवित्रस्थल स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउरालीलगायत थुप्रै धार्मिकस्थल तथा सांस्कृतिक क्षेत्रहरू त्यहाँ छन् । साथै थारू, मगर, अवध, मुस्लिम आदि समुदायको विशिष्ट संस्कृतिहरू तथा बाँके र बर्दियामा रहेका प्रसिद्ध राष्ट्रिय निकुञ्जहरूले गर्दा त्यहाँ पर्यटनको विकासको उच्च सम्भावना दखिएको हो । उक्त प्रदेशका पहाडी जिल्लाहरूमा सुविधा सम्पन्न हिल स्टेशनहरू निर्माण गरेर आन्तरिक एवम् बाह्य पर्यटक आकर्षण गर्न सकिने सम्भावना पनि देखिएको छ । यसका अलावा होमस्टेहरूको व्यवस्थित रूपमा विकास गरी पर्यटकहरूलाई थप आकर्षण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । बुटवल, भैरहवा, घोराही, तुलसीपुर, नेपालगञ्ज र कोहलपुरजस्ता तीव्र रूपमा विस्तारित हुँदै गएका शहरहरूलाई पर्यटन, उद्योग, व्यापार, बैंकिङ, पूँजीबजार, शिक्षा, स्थास्थ्यजस्ता क्षेत्रको मुख्य केन्द्रको रूपमा विकास र विस्तार गर्न सकिने पनि अध्ययनले देखाएको छ । यी सम्भावित महानगरहरू सिंगो प्रदेशको आर्थिक समृद्धिको संवाहक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ । लुम्बिनीमा औद्योगिक विकासको सम्भावना पनि रहेको अध्ययनले देखाएको छ । लुम्बिनी प्रदेश पनि भारतीय सीमासँग जोडिएको, सुनौलीजस्ता ठूला भन्सार नाकाहरू पनि रहेको तथा सजिलै कच्चा पदार्थ आयात गर्न सकिने र उत्पादित वस्तु निर्यात गर्न सकिने भएकाले यस्तो सम्भावना देखिएको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना देखिएको बताए । ‘लुम्बिनीमा भएको भौगोलिक अवस्था, पर्यटन स्थलका कारण कृषि र पर्यटकको उच्च सम्भावना रहेको छ,’ उनले भने, ‘साथै, उद्योग विस्तारका लागि आवश्यक पूर्वाधार तथा भारतीय सीमा नाकाका कारण औद्योगिक विकासको पनि सम्भावना देखिएको छ ।’ कृषि, पर्यटन तथा उद्योगको विकासमा सम्भावनासँगै चुनौती पनि रहेको अध्ययनले देखाएको छ । पछिल्लो समय प्रदेशमा अव्यवस्थित जग्गा विकास एवम् आन्तरिक बसाइसराइँजस्ता गतिविधिले कृषि भूमिको क्षयीकरणको समस्या बढ्दो क्रममा रहेको छ । सार्वजनिक जग्गा र वन क्षेत्रको अतिक्रमण र हस्तक्षेपको समस्या पनि चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ । पहाडी जिल्लामा पर्याप्त कृषि श्रमिकको अभावमा तथा कतिपय क्षेत्रमा जग्गा बाँझो हुने समस्या रहेको छ । साथै, उचित पूर्वाधार एवम् बजारको अभावका कारण उत्पादित कृषि वस्तुले समेत यथोचित मूल्य पाउन सकेको छैन । त्यसमाथि युवाहरू कृषिक्षेत्रतर्फ आकर्षित भएका छैनन् । त्यो अवस्थामा कृषिको विकासमा थप चुनौती हुने प्रतिवेदनमा उल्लेख छ । पर्याप्त रोजगारी सृजना हुन नसक्दा युवावर्ग विदेशिने क्रम उल्लेख्य रूपमा रहेको छ । युवाहरूलाई उत्पादनमूलक, उद्यमशील र सृजनशील कार्यमा संलग्न गराउनुपर्ने काम चुनौती पूर्ण रहेको प्रतिवेदनमा उल्लेख छ ।

बर्दियामा एक साताका लागि निषेधाज्ञा

बर्दियामा कोरोना संक्रमणको जोखिम कम गर्न सोमबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना हटस्पट बाँके र भारतीय सीमासँग जोडिएको बर्दियामा कोरोना संक्रमणका बिरामी दिनानुदिन बढ्दै गएपछि एक...

मकै उत्पादन घट्ने

बाँके र बर्दियामा यस वर्ष मकै उत्पादनमा कमि आउने भएको छ । दुवै जिल्लाका अधिकांश किसानले यो सिजनमा भारतीय गुणस्तरहीन बीउ ल्याएर प्रयोग गरेका कारण मकै उत्पादनमा कमी आउने भएको हो ।