दशैँ भर्खरै मनाइयो । दशैँको रौनक मनबाट ओझेल पर्न भ्याएको छैन, अर्को ठूलो चाड तिहार हाम्रो समुन्ने आइसक्यो । यसको सङ्केत सङ्घीय राजधानी काठमाडौँले मात्र होइन, देशका प्रमुख बजारहरूले पनि दिन थालिसकेका छन् । कतै झिलिमिली बत्ती, कतै भाइमसला त कतै माटाका पाला, दियो तथा मैनबत्तीले पसलहरू भरिभराउ छन् । तिहारका लागि किनमेल गर्नेको घुइँचो पनि बढ्दैछ ।
शरदको शीतल हावासँगै करेसाबारी, बारी र खेतका डिलमा पनि सयपत्री पहेँलपुर भएर ढकमक्क फुलेका छन् । मखमली मुस्कुराएका छन् । गोदावरीको बासना सबैतिर छरिएको छ । लाग्छ, यतिखेर यी पूmलहरू पनि तिहारलाई पर्खी बसेका छन् ।
हुन त चाडपर्वले हरेकका मनमा एक किसिमको उत्साह ल्याउँछ । उमङ्ग छाउँछ । अनुहारमा कान्ति भरिदिन्छ । खाने, पिउने, रमाइलो गर्ने चाड