विभिन्न साना २८ राजनीतिक दलले स्थानीय तह निर्वाचनमा पार्टीकै चुनाव चिन्ह पाउने वातावरण बनाउन पहल गर्न आग्रह गर्दै राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ‘स्थानीय निर्वाचन चुनाव चिह्न सङ्घर्ष समिति’को प्रतिनिधि मण्डलले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोप बहादुर मगर सहित उच्च अधिकारीहरूसँग भेट गरी ज्ञापन पत्र बुझाएको हो । स्थानीय निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेक अन्य राजनीतिक दलहरूले आफ्नो पार्टीको चुनाव चिह्न प्रयोग गर्न नपाउने कानुनी व्यव