हेटौंडा : चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन्। शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दुरि एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन्। उपाधिसँगै राईले नगद ५० हजार जितेका छन्।सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइँको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा दोस्रो र तेश्रो स्थानमा सेनाका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई घण्टा २९ सेकेण्ड र दुई घण्टा १ मिनेट ४०