शेयरबजार परिसूचक नेप्से दुई हजारको बिन्दुबाट तल झरेको छ । आज मंगलबार सूचक ३६.०७ अंकले घटेर १९९६.२६ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका २३२ कम्पनीका ४१ लाख ४७ हजार २ सय ५५ कित्ता शेयर खरिदबिक्रि बाट १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १ सय ७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज शिवम् सिमेन्टको सबैभन्दा धेरै ४ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ भने एनसीसी बैंकको ३ करोड ७९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३५ लाख तथा नबिल बैंकको ३ करोड २० लाख बराबरको कारोबार भएको छ । आज आँधिखोला लघुवित्तको शेयर मूल्य सर्वाधिक ८.१८ प्रतिशतले बढेको छ । त्यस्तै आज हिमालयन पावर पार्टनरको शेयर उल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ भने बलेफी हाइड्रोको शेयर मूल्य ८.१५ प्रतिशतले घटेको छ ।आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । यो पनि : पुँजीबजार दुर्घटनामा गयो, असार १ गतेबाट थप डिजास्टर हुन्छ: अम्बिका पौडेल