काठमाण्डौ – सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले भौतिक पूर्वाधार मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब, ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
सरकारले आउँदाे आर्थिक वर्षभित्र थप आठ सय किलोमिटर सडक सञ्जाल विस्तार गर्ने जनाएको छ । अर्थमन्त्री शर्माले थप दुई सय ५७ किलोमिटर सडक स्तराेन्नति हुने बताउनुभयाे ।
यस्तै पूर्व–पश्चिम राजमार्गल...
काठमाडौं– सरकारले हुलाकी राजमार्गको विस्तारको लागि ६ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत हुलाकी राजमार्ग थप विस्तार गरिने बताए । निर्माणाधीन हुलाकी राजमार्गको ३०० किलोमिटर सडक कालोपत्रे र २४ वटा पुलको निर्माण सम्पन्न गर्नुका साथै थप ६७ वटा पुलको निर्माण कार्य सुरू गरिने मन्त्री […]
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।
काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ। सरकारलाई प्रस्ताव बुझाउँदै आयोगले एकै चरणमा चुनाव नभएमा अनुमानित खर्चमा थप वृद्धि हुने जनाएको छ। आयोगले २०७४ को चुनावमा ८ अर्बभन्दा बढी खर्च भएको उल्लेख गरेको छ।निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने भन्दै आयोगले यी शीर्षकमा झण्डै ३० प्रतिशतले वृद्धि भएकाले थप बजेट आवश्यक पर्ने प्रष्ट पारेको छ। २०७४ को चुनावपछि करिब
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माणाधीन काठमाडौं—तराई/मधेश दु्रतमार्गका लागि चालू आर्थिक वर्षभित्रै थप बजेट दिन नसकिने स्पष्ट पारेको छ ।सो आयोजनाले चालू आर्थिक वर्षका लागि थप नौ अर्ब बजेटको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापाले रकमान्तर गरेर सो आयोजनाका लागि थप […]
२० पुस, काठमाडौं । काठमाडौं तराई/मधेश द्रुतमार्ग निर्माणका लागि नेपाली सेनाले चालू आर्थिक वर्षमा थप ९ अर्ब ४० करोड रुपैयाँ बजेट माग गरेको छ । चालू आर्थिक वर्षका लागि ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्टिएकोमा कामलाई तीब्रता दिन भन्दै सेनाले थप बजेट माग गरेको हो । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौड्यालले खर्च पुनरावलोकन गरेर […]
काठमाडौँ । सरकारले प्रतिस्थापन बिधेयकमार्फत रासायनिक मल खरिद गर्न तीन अर्ब रुपैयाँ बजेट थप गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा रासायनिक मल खरिद गर्न मन्त्रालयलाई तीन अर्ब रुपैयाँ रकम थप गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । संशोधित बजेटमा तीन अर्ब रुपैयाँ मलका लागि थपिएको मन्त्रालयले […]
काठमाण्डाै – सरकारले आउँदाे आर्थिक वर्षका लागि युवा तथा खेलकुद क्षेत्रमा दुई अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
युवा तथा साना व्यवसायी रोजगारमार्फत कर्जा दिएर थप १२ हजार जना युवालाई रोजगार दिइने भएको छ । राष्ट्रिय युवा परिषद्लाई थप प्रभावकारी बनाइने भएको छ ।
यस्तै सबै प्रदेशमा युवा नवप्रवर्तन केन्द्र स्थापना गरिने भएको छ । आउँदो वर्ष १३ हजार विद्यालयमा नेपाल स्काउट विस्तार गरिने पनि बजेटमा उल्लेख छ ।
देशमा विभिन्न ठाउँमा रङ्गशाला बनाउन बजेट विनियोजन भएको छ । एक सय ६८ पालिकामा खेल ग्रा...
वन तथा वातावरण मन्त्रालयले थप ८ अर्ब ३५ करोड बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०८९ मा वन तथा वातावरण क्षेत्रका लागि तोकिएको बजेट सिलिङ पर्याप्त नभएको भन्दै थप ८ अर्ब ३५ करोड बजेट प्रस्ताव गरिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले आगामी आर्थिक वर्षका लागि छुइएको […]