केही साताअघि देशका विभिन्न जिल्ला पुगेका नेकपाका युवा नेता महेश बस्नेतले सार्वजनिक समारोहमा आफ्ना कार्यकर्तालाई एउटा निर्देशन पटक पटक दिइरहे । उनले दिने गरेको निर्देशन भनेको- ‘सरकारविरुद्ध भ्रम फैलाउनेलाई ‘तह लगाउन’ टोल-टोलमा साइबर सेना गठन गर्र्नुहोस ।’ बस्नेतको उक्त निर्देशन मिडियाहरुमा पनि निकै प्राथमिकतामा पर्यो ।