उपराष्ट्रपति कार्यालयको नाममा ठगेको आरोपमा प्रहरीले कलंकीस्थित स्युचाटारबाट एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले २६ वर्षीय केशवराज भट्ट उर्फ कुशललाई पक्राउ गरेको हो ।डोटीको केआईसिंह गाउँपालिका–६ घर भएका भट्टले आफुलाई उपराष्ट्रपति कार्यालयको ‘शाखा अधिकृत’ र परराष्ट्र मन्त्रालयको ‘सह–सचिव हुँ’ भनेर ठग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।ठग्नका लागि भट्टले निजामती कर्मचारीको पोशाक दुरुपयोग गर्ने गरेको महानगरीय अपराध