श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ ।

सम्बन्धित सामग्री

किट किनेर कोरोना परीक्षण गर्नेहरुलाई रिपोर्ट उपलब्ध गराउन सरकारको अपिल

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन अपिल गरेको हो।

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान सरकारको अपिल

भिजिट भिसामा खाडीलगायत मुलुक पुगेर कयौँ नेपाली अलपत्र परेका विषय सार्वजनिक भएसँगै सरकारले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान अपिल गरेको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका केही देशहरूमा गैरकानूनी रूपमा पु¥याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारामा परेको गुनासो आइरहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सो अपिल गरेको हो । राम्रो रोजगारी र आकर्षक तलब सुविधा पाउने लोभमा कानूनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट वैदेशिक रोजगारीमा जान नमिल्नेतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले गन्तव्य मुलुकका बारेमा पूर्ण जानकारी लिई नियमअनुसार श्रम स्वीकृति प्राप्त गरी मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको हो । वैदेशिक रोजगारीको प्रलोभन देखाइ विदेशका कयौँ मुलुकमा नेपाली नागरिकलाई अलपत्र पारेको भनी इजाजतपत्र प्राप्त संस्था, शैक्षिक परामर्शदाता संस्था, ट्राभल्स एजेन्सी र विभिन्न विचौलियाविरुद्ध उजुरीहरू प्राप्त भएको श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले जानकारी दिए ।“विदेशमा रोजगारीको अवसर प्राप्त भइसकेपछि यस मन्त्रालयअन्तर्गत निकायबाट श्रम स्वीकृति नलिई विभिन्न वहानामा वैदेशिक रोजगारीमा जानु पूर्णतः गैरकानूनी कार्य हो”, उनले भने । वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई विदेशी भूमिमा अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । सरकारले वैदेशिक रोजगारीमा पुगेर पीडित बनेकालाई न्याय दिलाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । श्रम मन्त्रालयलेसमेत वैदेशिक रोजगार विभागका निर्देशकको संयोजकत्वमा तत्काल प्रतिउत्तर कार्यटोली र यस मन्त्रालयका उपसचिवको संयोजकत्वमा मार्सल टोली गठन गरिसकेको छ । वैदेशिक रोजगार ऐन, २०६४ र यसअन्तर्गत बनेका नियमका अधिनमा रही सरकार, इजाजतपत्र प्राप्त संस्थाहरु (मेनपावर कम्पनी) र व्यक्ति स्वयम् जिम्मेवार भई वैदेशिक रोजगारीमा पठाउन सकिने व्यवस्था छ ।

कोरोनाविरुद्धको खोप अभियान सफल बनाउन सरकारको अपिल

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी चैत्रभित्र सबै जनतालाई कोरोनाविरुद्धको खोप दिने सरकारको अभियानलाई सघाउन अपिल गरेका छन् ।     कोभिड–१९ विरुद्धको विशेष खोप अभियानबारे प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको प्रदेश सरकारका मुख्यमन्त्रीहरूसँगको छलफलमा प्रवक्ता कार्कीले चैतभित्र पूर्ण खोप पु¥याउने अभियान सफल बनाउनु सबैको कर्तव्य भएको बताउँदै प्रधानमन्त्रीको अठोटलाई पूरा गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरे । &nbs...

बंगलादेशमा भएको धार्मिक दंगाले उग्ररुप लिँदै, संयम रहन सरकारको अपिल

एजेन्सी । दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि बंगलादेशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र ढाकामा थप एकजनाको ज्यान गएको बीबीसीले जनाएको छ । राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरमा उल्लेख छ । यस्तै थुप्रै गाडीमा तोडफोड र आगजनी भएका छन […]

मृत्युदर उच्च रहेको निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई सरकारको अपिल

काठमाडौं : सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका छन्। प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेल्चेक्राइँ गर्नु नहुने बताए। उनले निपा भाइरसको कुनै…

सरकारको अपिल मौलिक हक र सर्वोच्चको आदेशविपरीत

विकास भट्टराई, काठमाडौं नेपालको संविधानले आकस्मिक स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा राखेको छ । सर्वोच्च अदालतले कोभिड–१९ को विषयमा आकस्मिक स्वास्थ्य सेवाबाट जनतालाई वञ्चित नगर्न धेरैपटक आदेश दिइसकेको छ, तैपनि सरकार भन्छ– ‘संक्रमितलाई शैय्या दिन सकिँदैन ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शैय्या […]

कोभिडबाट बच्न सरकारको अपिल

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड१९ को सङ्क्रमण तीव्र गतिमा फैलिरहेको हुँदा जनस्वास्थ्यका मापदण्डको संवेदनशील भई कडा पमा पालना गर्न सर्वसाधारणमा अपिल गरेको

महिलालाई गर्भधारण नगर्न ब्राजिल सरकारको अपिल

ब्राजिलले ‘गर्भाधान प्रक्रिया’ मा ढिलाई गर्नका लागि महिलाहरुसमक्ष अपिल गरेको छ । देशमा कोरोना भाइरसको नयाँ स्वरुपले आतंक मच्चाइरहेको र खोपको जोखिम कायमै रहेकाले बच्चा जन्माउनका लागि यो सही समय स्वास्थ मन्त्रालयले जनाएको छ ।‘यदी संभव छ भने सही अवस्था नआउदाँसम्म गर्भधरणमा केही ढिलाई गर्नुस्,’ स्वास्थ मन्त्रालयका अधिकारी राफेल प्यारेन्टेले शुक्रबार पत्रकार सम्मेलनमा भने । ब्राजिलमा फैलिएको पी वान स्वरुपको कोरोना भाइरसले गर्भवती महिलामा धेरै असर गर्ने चेतावनी पनि उनले दिए । &

काठमाडौंमा प्रदूषण बढेपछि सरकारको अपिल : सकेसम्म घरबाहिर ननिस्किनू !

सोमवारदेखि काठमाडौं उपत्यकामा अत्याधिक मात्रामा वायु प्रदूषण भएको पाइएको छ ।  लाइभ रिपोर्टअनुसार, काठमाडौं उच्च वायु प्रदूषण हुने शहरमध्ये पहिलो स्थानमा परेको छ ।  मंगलवार दिउँसो काठमाडौं उपत्यकाको वायु प्रदूषणको अवस्था सबैभन्दा उच्च स्थानमा रहेको स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरले जनाएको छ ।  आईक्यू एयरको दिउँसो २ : २७ बजेको लाइभ रिपोर्टअनुसार काठमाडौं उपत्यकाको वायु प्रदुषणको अवस्था अत्याधिक उच्च देखिएको हो ।  सो रिपोर्टका अनुसार, काठमाडौंको एयर क्वालिटी इन्डेक्स ४ सय ३ अंक ...