काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा महामन्त्री पदमा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेसको संशोधित विधानअनुसार यसपटक एक महिलासहित तीन जना महामन्त्री निर्वाचित हुनेछन्। महामन्त्रीका लागि खुला तथा महिलातर्फ गरी नौ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। निर्वाचन समितिका अनुसार महामन्त्रीमा उम्मेदवारी दिनेहरूमा डा. डिला संग्रौला (पन्त), शंकर तिवारी, डा.सुनिलकुमार […]
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। सामाजिक सञ्जालमार्फत चरित्रहत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका प्रसाईँको मुद्दामा मंगलबार भएको थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले प्रसाईँसँग दुई लाख रुपैयाँ धरौटी माग गरी तारेखमा […]