नेपाली काँग्रेसका नेता शेखर कोइरालाले न्यायपालिकाभित्र देखिएको विवाद तत्काल समाधान हुनुपर्नेमा जोड दिएका छन् । तत्काल विवाद समाधान नभए लोकतन्त्रनै धराप पर्नसक्ने उनको चेतावनी छ । नेता कोइरालाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकाभित्र देखिएको विवाद समाधानका लागि निकास खोज्नुपर्नेमा पनि जोड दिए । सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘न्यायपालिकाभित्र देखिएको विवाद समाधानका लागि प्रधानन्यायाधीश जिम्मेवार रहनुभएको छ । समस्या निकासपन