क्यानडा पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वर बस्ने काभ्रे पाँचखाल नगरपालिका-४ तामाघाट घर भएका २१ वर्षीय प्रजिन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रजिनले सर्लाही लालबन्दी नगरपालिका-७ रानीगञ्ज बस्ने ३० वर्षीय पुरुषलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी झुक्याई १७ लाख रुपैयाँ रकम लिई सम्पर्क विहिन हुँदै फरार भएको भन्ने खबर गत वैशाख १३ गते प्राप्त भएपछि अनुसन्धान गर्दै जानेक्रममा उनलाई काभ्रे बनेपा नगरपालिका-२ दाहालगाउँबाट फेला पारी पक्राउ गरेको हो ।
साथ...