वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेंसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बेरोजगार युवायुवतिलाई बैदेशिक …
आकर्षक तलब सुविधा पाउने आसमा स्याङजाका दीपेन्द्र विकले ‘क्यानडा पुर्याइदिन्छु’ भन्ने व्यक्तिलाई गत वर्षको कात्तिकमा १ लाख रुपैयाँ बुझाए । पुतलीबजारमा रहेको ध्रुवोदय बोर्डिङमा पढाउने उनलाई ती व्यक्तिले कामदार भिसामा क्यानडा पठाइदिने प्रलोभन देखाएका थिए । ती व्यक्ति र दीपेन्द्रको भेट उनकै विद्यार्थीको अभिभावकले गराएका थिए । दीपेन्द्रले आफ्नो नजिकको साथी ध्रुवप्रसाद पाठकलाई पनि कामदार भिसामा क्यानडा जान प्रस्ताव गरे । पाठकले ‘प्रोसेसिङ चार्ज’ स्वरुप २ लाख रुपैयाँ बुझाए ।