एकीकृत समाजवादीको बैठक : मन्त्री हेरफेरको निर्णय कार्यान्वयमा जोड

९ असार, काठमाडौं । एकीकृत समाजवादी पार्टीले सचिवालयको निर्णयअनुसार मन्त्री हेरफेर हुने बताएको छ । बुधबार र बिहीबार बसेको सचिवालय बैठकले पार्टीको निर्णय कार्यान्वयनमा जोड दिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘अब दिनहरुमा होइन, घण्टाहरुमा मन्त्रीहरु हेरफेर गर्ने दिशामा लागिरहेको छ ।’ उनका अनुसार भोलि शुक्रबार भोलि पोलिटब्यूरो बैठक बस्नेछ भने […]

सम्बन्धित सामग्री

मन्त्री हेरेफेर विवादको टुंगो लगाउन एकीकृत समाजवादीको बैठक आज

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शनिबार बस्दैछ। बैठक बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित एक ब्याङ्क्वेटमा बोलाइएको छ। बैठकमा हालका मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने विषयमा पार्टीभित्र देखिएको विवादबारे छलफल गर्ने तयारी छ। एकीकृत समाजवादीले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको तीन साता भएपनि कार्यान्वयन हुन सकेको छैन। बहालवाला मन्त्रीहरू सकभर आफू नहट्ने र हट्नैपरे नयाँ  आफू अनुकुल हुनुपर्ने गरी नेतृत्वलाई दबाब दिइरहेका छन्।