२०७४ सालको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धन हुँदा लुम्बिनी प्रदेशमा माओवादीले प्रतिनिधिसभातर्फ ७ र प्रदेशसभातर्फ १४ सिट जितेको थियो । तीमध्ये अहिले प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ जना दोहोरिएर उम्मेदवार बनेका छन् ।माओवादीबाट अघिल्लो निर्वाचनमा विजयी भएका तथा आसन्न निर्वाचनमा उम्मेदवार हुनेमा प्रतिनिधिसभातर्फ रोल्पाबाट वर्षमान पुन, कपिलवस्तु–१ बाट चक्रपाणि खनाल (बलदेव), बाँके– १ बाट महेश्वर गहतराज छन् ।रोल्पामा वर्षमान पुनलाई एमालेका पूर्णबहादुर बुढाल