नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई संसदीय दलको नेता चयन गरेको छ ।
सिंहदरबारमा शुक्रवार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेतामा चयन गरेको हो । बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा वरिष्ठ नेता झलनाथ खनालले गरेका थिए ।
प्रचण्डलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ट्वीटमार्फत जानकारी दिए ।
'हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को संसदीय दलको बैठक आज सिंहदरबारमा बस्यो । दलको कुल सदस्य संख्याको ब...