नेपालमा पहिलो पटक शुक्रबार सेयर बजार खुला भएको छ । जेठ १ गतेदेखि सातामा दुईदिन शनिबार र आइतबार सार्वजनिक बिदा कार्यान्वयनमा आएसँगै सेयर बजार कारोबारमा समयमा फेरबदल आएको हो । आइतबार पनि सार्वजनिक बिदा हुने भएपछि आइतबारको साटो स्टक मार्केट (बजार बजार) शुक्रबार खुला गरिएको हो । सातामा ५ दिन मात्र खुल्ला हुने सेयर बजार यसअघि आइतबारदेखि बिहीबारसम्म सञ्चालन हुँदै आएको थियो ।यद्यपि, नेपालमा पहिलो पटक शुक्रबार पनि बजार खुला गर्न लागिएपनि यो अन्तर्राष्ट्रिय प्रयोग नै भएको नेप्सेका सूचना अधिकारी मनोज