बैतडी - भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिनसक्ने भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
भारतमा सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको जिल्ला भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोनाको नयाँ भेरियन्ट देखिएकाले नेपालमा पनि यसको जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।
जोखिम बढेकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले ...