पुनरुत्थानको बाटोमा लागेको पर्यटन पुनः त्रास

नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान हुने भए पनि यो क्षेत्रले दिनुपर्ने जति योगदान दिन सकेको छैन । पर्यटनको परम्परागत संस्कारमा सुधार नआउँदा गुणस्तरीय पर्यटक भित्रिन सकिरहेका छैनन् । त्यसमाथि तीन वर्षयता कोरोनाले सताएको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा पुनः कोरोनाकै सकस देखिने त्रास बढेको छ । विदेशी मुद्राआर्जन गर्ने माध्यम समेत रहेको पर्यटन …

सम्बन्धित सामग्री

त्रास फैलाउने कानुन

कोभिड-१९ महामारी प्रकरणबाट इन्डोनेसियाको पर्यटन व्यवसाय बाहिर निस्कन सङ्घर्ष गरिरहेको थियो। यसै बीचमा आएको यौन सम्बन्धी कानुनका कारण त्यहाँको पर्यटन व्यवसाय थप धरापमा परेको छ। इन्डोनेसियाको कडा कानुन अनुसार आफ्ना श्रीमान् या श्रीमतीबाहेक अन्यत्रसँगै यौन सम्पर्कलाई कानुनी रूपमा बर्जित गरिएको छ। सहमतिमै भएका ती गतिविधिलाई त्यहाँको कानुनले स्वीकार गरेको छैन। यसै कानुनले त्यहाँको पर्यटन व्यवसाय […]

पर्यटकीय सिजनः सोधपुछ मात्र भयो, बुकिङ आएन

यतिबेला पर्यटन क्षेत्रमा सिजन सुरु भएको छ। यो बेला कोरोना संक्रमण केही कम भएको छ। संक्रमणको त्रास घटेपछि हिडडुलमा सहजता पनि थपिएको छ। पर्यटकीय गतिविधिमा हुने गरेको आउजाउमा पछिल्लो समय केही सहजता थपिँदै गएपनि पर्यटन व्यवसायीले तेश्रो मुलुकका पर्यटकको आगमनक...

पुष्प व्यवसाय पुरानै लयमा

महामारीको त्रास कम भएसँगै दुई वर्षपछि पुष्प व्यवसाय पुरानै लयमा फर्किएको छ । विगत दुई वर्षको समयमा कोरोना महामारी तेस्रो चरणसम्म आइपुग्दा पुष्प व्यवसायीले कठिन अवस्थाको सामना गर्नुपरेको थियो । खुसी र विभिन्न उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण त्यस्ता गतिविधि ठप्प भएपछि यसको कारोबार पनि नगण्य भएको थियो ।“अहिले महामारीको त्रास कम छ, मठमन्दिर, पार्टी प्यालेस पूर्ववत्रूपमा नै सञ्चालनमा छन्, विभिन्न किसिमका सभा–सम्मेलन र पर्यटन व्यवसाय पनि सञ्चालमा आउँदा फूलको व्यापार पहिले

ओमिक्रोनले पर्यटन थप प्रभावित

विश्वभरि नै कोरोनाको त्रास कायमै छ भने यसका विभिन्न भेरियन्ट पनि देखा परेका छन् । डेल्टा भेरियन्टले त्रस्त बनाएको विश्वमानव समुदाय पछिल्लो समयमा आएर ओमिक्रोन भेरियन्टका कारण झनै चिन्तित बन्न पुगेको छ । उसले हालसम्म विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । ओमिक्रोनले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । पछिल्लो समयमा विश्वका १९ भन्दा बढी देशमा ओमिक्रोन भेरियन्टको लक्षण देखा परेको छ । कोभिडको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनले प्रतिरक्षालाई कमजोर बनाउने र हालसम्मको भेरियन्टमा यो सबैभन्दा बढी संक्रामक तर कम खतरनाक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसले विश्वका विभिन्न क्षेत्रमा असर पुर्‍याएको छ । प्रभावित क्षेत्रमध्ये पर्यटन पनि एक हो । महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रस्त बनाएको छ । विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन शुरू गरेका कारण पर्यटन व्यवसाय पुरानै अवस्थामा जाने हो कि भन्ने चिन्ता विश्वव्यापी रूपमा बढिरहेको छ । सन् २०२१ को ११ महीनामा १ लाख २६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३ सय दुई जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९मा भने ११ लाख ७२ हजार ७२ पर्यटक नेपाल आएको तथ्यांकले देखाउँछ । सन् २०२० को दोस्रो अन्तिम महीनामा १ हजार ९ सय ५६ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०२० मा कोरोनाका कारण लामो समय विदेशी पर्यटक नेपाल प्रवेश गर्न पाएनन् । तथ्यांकअनुसार भारतबाट १० हजार ४ सय २१, बंगलादेशबाट १ हजार ३ सय ८२ पर्यटक नेपाल आएका थिए । यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा र कम जुन महीनामा नेपाल भित्रिएको देखिन्छ । यस्तै, जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे महीनामा १ हजार ४ सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९ सय ९१, अगस्टमा ५ हजार ९ सय १७, सेप्टेम्बरमा ९ हजार ८ सय ९८ र अक्टोबरमा २३ हजार २ सय ८४ जना विदेशी नेपाल भित्रिएका थिए । केही समयअगाडि सामान्य गति लिएको नेपाली पर्यटन क्षेत्र कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण त्रस्त बन्न पुगेको छ । अब विश्वको पर्यटन पुरानै लयमा कहिले फर्कने होला भन्ने चिन्ता छाएको छ । नेपाल सरकारले विभिन्न मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको आगमनमा कडाइ गरेपछि नेपाली पर्यटन क्षेत्र सुस्ताएको हो । हाल जापान, इजरायल, अस्टेलिया, बेल्जियम, अस्टियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाएका कारण नेपाली पर्यटन बजार संकुचित बन्न पुगेको छ । हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसेथो, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै नेपाली पर्यटन क्षेत्रमा बादल मडारिएको देखिन्छ । संक्रमणको जोखिम भएको मुलुकबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने सरकारको निर्णयले पनि बाह्य पर्यटन क्षेत्र प्रभावित भएको छ । आन्तरिक उडान प्रभावित भएका कारण विदेशी पर्यटक नेपालमा प्रवेश गर्ने क्रम शून्य भएको छ भने सरकारले अत्यावश्यक कामबाहेक नेपालीलाई पनि विदेश भ्रमणमा नजान आग्रह गरेको छ । हालसम्म ओमिक्रोनबाट दक्षिण अफ्रिका, यूरोप, अमेरिकाका देश बढी प्रभावित भएका छन् । दक्षिण अफ्रिकाको बोत्सवानामा पहिलोपटक देखिएको यो भेरियन्ट तीव्र गतिमा फैलिएपछि विभिन्न देशले उक्त देशमा आवतजावतमा रोक लगाउन थालेका हुन् । ओमिक्रोन भेरियन्टका ५० भन्दा बढी म्युटेशन पाइएका छन् । यसमध्ये ३० ओटा स्पाइक प्रोटिनमा म्युटेशन भएको देखिन्छ । यसका कारण यो तीव्र संक्रामक बनेको हो । शुरूमा डेल्टा भेरियन्टमा पनि भ्याक्सिन प्रभावकारी नहुने बताइएको थियो । नयाँ भेरियन्ट धेरै म्युटेशन र संक्रामक रहे पनि संक्रमण देखिएका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या भएको देखिएन । तर संक्रमण बढ्ने भएकाले सीमा र एयरपोर्टमा निगरानी बढाउनु जरुरी देखिन्छ । यस कारण बन्दाबन्दीको अवस्था सृजना भएको छ र त्यसले मानिसको आवागमनमा समेत बाधा पुर्‍याएको छ । यसको गम्भीर असर नेपाली पर्यटन क्षेत्रमा पनि परेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्य्रएचओ) को पछिल्लो जानकारीअनुसार नेपाल, भारतसहित विश्वका ९० भन्दा बढी मुलुकमा ओमिक्रोनको संक्रमण देखापरेको छ । ओमिक्रोन प्रत्येक डेढदेखि ३ दिनको अवधिमा दोब्बर विस्तार हुँदै जाने हुँदा यो तीव्ररूपमा फैलिएको देखिन्छ । कोभिड संक्रमणको यस्तो महामारीबाट बच्नका लागि हरसम्भव प्रयास गर्नु अहिलेको विश्वव्यापी चिन्ता हो । कोभिडबाट युवा, बालबालिका, वृद्ध सबै उमेरका मानिसहरू प्रभावित भएका छन् । लेखक ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा अध्यापन गर्छन् ।

ओमिक्रोनको त्रास : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

काठमाडौं । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् । सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । पर्यटकको संख्या क्रमशः बढ्दै आएका बेला देखिएको ओमिक्रोनले त्रास सृजना गरेको छ । त्यसैले विभिन्न देशले उडान तथा भ्रमणमा रोक लगाएका छन् भने नेपालले पनि दक्षिण अफ्रिका, हङकङलगायत विभिन्न ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ । ओमिक्रोनको प्रभावले भन्दा पनि यसले उत्पन्न गरेको त्रासका कारण अहिले पर्यटक आउने वातावरण नै नभएको व्यवसायीहरू बताउँछन् । एस होटेल तथा रिसोर्टका कार्यकारी अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २०२१ मा होटेलहरूको समग्र अकुपेन्सी औसतमा ३० प्रतिशत रहेको जानकारी दिँदै पर्यटन क्षेत्र लयमा फर्किन लाग्ने सम्भावनाका बीच ओमिक्रोन देखिएको बताए । अहिले जनवरी, फेब्रुअरीमा आउने र वसन्त यामसम्मका बुकिङ फ्रिज हुने अवस्था आउन सक्ने उनको भनाइ छ । शाक्यले ओमिक्रोन डरलाग्दो छैन भन्ने कुरा आएको भए पनि यसले एक किसिमको त्रास सृजना गरेको बताउँछन् । लुम्बिनीबाट भारततर्प जान लागेका पर्यटकलाई भारतले रोक लगाएको जानकारी आएको भन्दै उनले अहिले तत्काल नै केही समय ‘होल्ड’ हुने अवस्था आएको बताए । अबको २ महीनापछि मात्रै उठ्न थालेको पर्यटनमा ओमिक्रोनले कस्तो प्रभाव पर्छ भन्न सक्ने उनको विश्लेषण छ । ‘कोभिड पुष्ट हुँदै गर्दा हामीले पर्यटन लयमा फर्कन सन् २०२४ नै पर्खिनुपर्छ भन्ने प्रक्षेपण गरेका थियौं,’ शाक्यले भने, ‘तर, बीचमा पर्यटक आगमन बढेकाले २०२३ मा पर्यटन क्षेत्र लयमा फर्किने आश पलाएको थियो तर अहिले ओमिक्रोनले फेरि समस्या थपेको छ ।’ ओमिक्रोन देखिएपछि अहिले पर्यटक पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । ‘अहिले पर्यटकहरू होल्ड अनको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ भेरियन्टले कस्तो रूप लिन्छ भन्ने हो भेरियन्ट डरलाग्दो भएन भने डिसेम्बर, जनवरीतिर नै केही राम्रो संकेत देखिनेछ ।’ पर्यटन बोर्डले भने पर्यटक संख्या बढाउने गरी पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको कार्यलाई निरन्तता दिने दाबी गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले कोरोनाको नयाँ भेरियन्ट आउनासाथ आत्तिहाल्नुभन्दा पनि सावधानी अपनाएर अहिलेको प्रचारप्रसारलाई नै निरन्तरता दिने बताए । ‘पहिलोपटक कोरोना देखिँदा पनि हामी निकै आत्तिएका थियौं, तर त्यस्तो केही भएन,’ उनले भने, ‘ओमिक्रोनको जटिलताका विषयमा उल्लेख्य जानकारी नआएको हुँदा बोर्डले प्रचारप्रसार प्रवद्र्धनका लागि गरेका कुनै पनि कार्यक्रम स्थगित गर्दैन ।’ बोर्डले ७ ओटै प्रदेशमा टुरिस्ट मार्ट गर्ने, बोर्डर सिटी प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ । अहिले आएको पर्यटक संख्यालाई बढाउने गरी बोर्डले काम गर्ने उनले बताए । कोरोना भाइरस देखिएसँगै अन्य देशभन्दा पनि भारत अर्थात् नजिकका पर्यटक भित्र्याउने रणनीतिमा बोर्ड लागेको छ ।

ओमिक्रोनको त्रास : सिक्किममा विदेशी पर्यटक प्रवेशमा रोक

झापा : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिएसँगै पूर्वोत्तर भारतको सिक्किममा विदेशी पर्यटकहरूलाई प्रवेशमा रोक लगाइएको छ।सिक्किम सरकारले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि विदेशी पर्यटकहरूलाई प्रवेशमा रोक लगाएको पर्यटन मन्त्री बिएस पन्तले जानकारी दिए।डिसेम्बर १ देखि १५ तारिखसम्म सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी नगरिने उनले बताए।राज्य सरकारले नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिमलाई म

दसैँलगत्तै पोखराका पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय राजधानीको रूपमा लिइने पोखरामा कोरोना कहरलाई बिर्साउने गरी पर्यटकको आवागमन हुन थालेको छ । लामो समय घरमै थुनिएर रहेका मानिसहरू कोभिडको त्रास कम भएसँगै घुम्न निस्कँदा पोखरामा पर्यटकको गतिविधि बढ्न...

विशिष्ट पाहुनाको आगमनसँगै पोखराको पर्यटन चलायमान हुने आशा

कोभिड–१९ निर्मूल भएको छैन तर १८ महिनादेखिको एउटा त्रास भने केही घटेको छ । खोपको सहजतासँगै अहिले मानिसलाई कोभिडबाट सुरक्षित हुन सकिन्छ भन्ने आशा पलाउँदै गएको छ । नेपाल सरकारले झन्डै १८ महिनादेखिको बन्दाबन्दीबीचमा केही खुकुलो र अहिले लगभग खुला नै गरिसकेको छ । योसँगै असोज १ गतेदेखि पोखराका पर्यटकीय गन्तव्यहरु पनि खुला भएका छन् …

बेगनासका होटल खुले पनि त्रास कायमै

लेखनाथस्थित बेगनास ताल वरपरका होटलमा आन्तरिक पर्यटक आउन थाले पनि व्यवसायीमा कोरोना सङ्क्रमणको त्रास भने हट्न सकेको छैन । स्थानीय सरकारले निषेधाज्ञा खुकुलो पारेपछि होटलमा आन्तरिक पर्यटक आउन थालेका छन् । कोरोना सङ्क्रमणकै कारण थला परेको पर्यटन व्यवसायलाई पूर्ण रुपमा सहज तुल्याउन नेपाल सरकारले छिटो भन्दाछिटो सबैलाई पुग्ने गरीे कोरोनाविरुद्धको खोप ल्याउनुपर्ने माग यहाँका व्यवसायीको छ । “दुई हप्ताबाट आन्तरिक पर्यटक आउन शुरु भएको छ, तर सङ्क्रमणको त्रासका बीच पाहुनाको सेवा गरेका छौं”,

कोरोनाको त्रास नै भुलाइदिने ‘बैँसालु’ टोड्के ! (फोटो फिचर)

म्याग्दी – माथि डाँडामा उक्लिएर हेर्‍यो भने आँखै अगाडि देखिने सेताम्य हिमाल । जति हेर्‍यो उति हेरिरहुँ लाग्ने पाखापखेरा । चाँदी झैं टल्किने हिमालको तलतिर वसन्तले ल्याएको नयाँ रङ्ग । साँच्चै, कोरोनाको त्रास नै भुलाइदिने बैँसालु टोड्के ।जिल्लाको बेनी नगरपालिका, मंगला र रघुगंगा गाउँपालिकाको सङ्गमस्थलमा पर्ने टोड्के पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएकाे छ । पर्यटन प्रवर्द्धनको आकर्षणस्थल बनेको टोड्के पर्यटकीय र धार्मिक हिसाबले महत्वपूर्ण मानिन्छ ।बिहानी सूर्योदय अनि बेलुकाको सूर्यास्तले यहाँ आउने जोकसैलाई सम्मोहन ...